जनकपुरमा दिनदहाडै एक महिला लुटिए
साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै एउटा मोटरसाइकलमा आएका दुईजनाले आफूले बोकको झोला हातबाट लिएर भागेको शर्मिलाले बताइन् ।

२०७९ साउन ९ सोमबार, बेलुकी ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम | मधेश प्रदेशको राजधानीस्थित दिनदहाडै एक महिला लुटिएकी छन् ।
जनकपुरधामस्थित एक बैँकबाट घर फर्किदै गर्दा दिनदहाडै एक महिला लुटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मिल्स एरियास्थित रहेको एभेरेष्ट बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा सोही स्थान बस्ने शर्मिला यादवको रकम लुटिएको हो । उनको दुई लाख रुपैयाँ लुटिएको जनाइएको छ ।
अज्ञात समूहले सोमबार दिउँसो आफ्नो घर फर्किदै गर्दा उनले बैँकबाट झिकेको सबै रुपैयाँसहित अन्य समानहरु लुटेको प्रहरीले जनाएको छ ।
वडा नम्बर–१ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुईजनाले यादवको रकम लुटेको प्रहरीको भनाइ छ ।
साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै एउटा मोटरसाइकलमा आएका दुईजनाले आफूले बोकको झोला हातबाट लिएर भागेको शर्मिलाले बताइन् ।
झोलामा २ लाख, नागरिकता, बैंकसम्बन्धी कागजात र थप ५ सय रहेको उनले बताएकी छन् ।
लुटेराहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…