पासपोर्टको फारम भर्दा सर्वसाधारणलाई ठग्ने ६ जना पक्राउ
पक्राउ गरेर ६ जनालाई वडा प्रहरी कार्यालय वीर्ताको जिम्मा लगाएको छ ।

२०७९ साउन ६ शुक्रबार, बिहान ११:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा पर्सा प्रहरीले ठगीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
राहदानीको फारम भर्ने भन्दै सर्वसाधारणसँग २ हजार रुपैया लिने गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको निर्देशनमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि रहेका मोबाइल सेन्टर तथा फोटो स्टुडियोमा छापामारी गरि ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय पर्साको अगाडी रहेका फेस फोटो स्टुडियोबाट सदाम हुसेन र फरियाज आलम, गणेश मोबाइल सेन्टरबाट अनुज गुप्ता, चन्दन मोबाइल सेन्टरबाट कुन्दन यादव, गढीमाई स्टुडियोबाट प्रदीप साह सहित ६ जना रहेका छन् ।
पक्राउ गरेर ६ जनालाई वडा प्रहरी कार्यालय वीर्ताको जिम्मा लगाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…