धनुषसागर पोखरी र धनुषमन्दिर सौन्दर्यीकरण अभियानमा सुरक्षा निकायको सहयोग
सो अभियानमा स्थानीय युवाहरुको व्यापक सहभागीतासहित जनपद प्रहरी र सशस्त्र प्रहरीको सहभागीताले सफाई अभियानलाई निरन्तरता दिएको हो । सोमबार देखि निरन्तर प्रत्येक दिन शारीरिक ब्याम गर्ने समय पोखरी सरसफाइ नहुन्जेल सम्म दिने अभियन्ताहरु बताएका छ्न् ।

२०७९ साउन १ आइतबार, दिउँसो १२:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ऐतिहासिक एवम् पवित्र भूमि भनिएको धनुषाधाम स्थित धनुष सागर पोखरी र धनुष मन्दिर सौन्दर्यकरण तथा सरसफाइ अभियान आज आईतवार ईलाका प्रहरी कार्यालय धनुषाधाम ,शस्त्र प्रहरी वेश क्याम्प सर्साको टोलि सहभागी जनाएको छ ।
स्थानीय युवाहरुको अगुवाईमा धनुषाधामस्थित रहेको धनुष सागर पोखरी र धनुष मन्दिर क्षेत्र सौन्दर्यीकरणको लागि अभियान सुरु गरिएको हो ।
अभियानि युवाहरुको काम एकदम सराहनीय रहेको बताउँदै धनुषाधामस्थित ईलाका प्रहरी कार्यालय धनुषाधाम र शसस्त्र प्रहरी क्याम्पका कर्मचारीहरुले पोखरी सफाई गरेका छन् ।
सो अभियानमा स्थानीय युवाहरुको व्यापक सहभागीतासहित जनपद प्रहरी र सशस्त्र प्रहरीको सहभागीताले सफाई अभियानलाई निरन्तरता दिएको हो ।
सोमबार देखि निरन्तर प्रत्येक दिन शारीरिक ब्याम गर्ने समय पोखरी सरसफाइ नहुन्जेल सम्म दिने अभियन्ताहरु बताएका छ्न् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…