नरहा गाउँपालिका : करारका कर्मचारीको म्याद थप नहुने
न्यूज ब्यूरो, सिरहा | मधेश प्रदेशका केही स्थानीय तहले करारमा रहेका कर्मचारीलाई धमाधम हटाउन थालेका छन् । ती स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० देखि करार सम्झौता नगर्ने जनाएका हुन् । असार ३० गते सिरहाको नरहा गाउँपालिकाले करार कर्मचारीलाई हटाएको एक सूचना जारी गर्दै करारमा काम गरिरहेका कर्मचारीको म

२०७९ असार ३१ शुक्रबार, राति ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा | मधेश प्रदेशका केही स्थानीय तहले करारमा रहेका कर्मचारीलाई धमाधम हटाउन थालेका छन् । ती स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० देखि करार सम्झौता नगर्ने जनाएका हुन् ।
असार ३० गते सिरहाको नरहा गाउँपालिकाले करार कर्मचारीलाई हटाएको एक सूचना जारी गर्दै करारमा काम गरिरहेका कर्मचारीको म्याद थप नहुने जानकारी दिएको हो ।
नरहा गाउँपालिकाले स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी, वडा कार्यालयका कार्यालय सहयोगी, गाउँपालिकाको कार्यालयमा कार्यरत करार कर्मचारी, पालिकाको अनुदानबाट तलब लिने सबै आधारभूतका करार शिक्षक पालिका अनुदानका कर्मचारीसँग करार सम्झौता नगर्ने जनाएको हो । असार ३० गते बसेको सभाले यस्तो निर्णय गरेको निमित्त प्रशासकीय अधिकृत सुजित कुमार यादवले जनाए ।
नरहा गाउँपालिकाले करारका कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको असार ३० गते बसेको बैठकले गाउँपालिकाबाट तलब भत्ता भुक्तानी भई करारमा कार्यरत कर्मचारीहरूको साउन १ गतेबाट करार सम्झौता नवीकरण नगर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए।

गाउँपालिकाले गरेको पत्राचारमा करार सम्झौता थप नहुने निर्णय भएकाले अर्को निर्णय नभएसम्मका लागि कार्यालयमा हाजिर भई कामकाज नगर्न भनिएको छ। हाजिर भएमा गाउँपालिकाबाट तलब भत्ता भुक्तानी नहुने प्रमुख प्रशासकीय अधिकृतले बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…