प्रहरीले पोखरीबाट घेरा हालेर समाते मोटरसाईकल चोर, चोरेर राखे थियो दुईटा मोटरसाईकल
ठाकुर समेत पटके चोर रहेको र एक दिन पुर्वमात्र धरौटीमा छुटेर आएका थिए ।

२०७९ असार ३१ शुक्रबार, दिउँसो १२:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशस्थित नेपाल प्रहरीले मोटरसाईकल चोरलाई पोखरीबाट रँगेहात पक्राउ गर्न सफल भएको छ ।
मधेश प्रदेशको महोत्तरी जिल्लास्थित रामगोपालपुर प्रहरीले भारतबाट चोरेर ल्याएको दुई थान मोटरसाईकल सहित एक चोर समातेको छ ।
गोप्य सुचनाको आधारमा रामगोपालपुर नगरपालिका ५ स्थित विशम्भरपुर जाने बाटोमा पर्ने मन्दिरबाट प्रहरीले चोर समातेको हो ।
मोटरसाईकल चोरेर ल्याएर मन्दिरकै छेउमा रहेको झाडीमा लुकाएको अवस्थामा गोप्य सुचना पाएपछि चोर समात्न गएको प्रहरीलाई देखेर एक चोर भागेको र अर्को सोहि ठाउ स्थित पोखरीमा हाल फालेकोमा प्रहरीले आधा घन्टा लगाई पोखरीको चारैतिर घेरा हालेर चोर समातेको हो ।
सोहि ठाउँ वस्ने पटके चोर लक्ष्मी मण्डल प्रहरीलाई देखेर पोखरीमा हालफालेकोमा प्रहरीले उनलाई समातेको थियो ।
चोर सहित समातिएको बिआर ३० यु २४२ नम्बरको मोटरसाईकल र अर्को अनटेस्ट रहेकोमा चोर सहित चोरेर ल्याइएको मोटरसाईकल आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको रामगोपालपुर प्रहरी चौकी ईन्चार्ज वरिष्ट सई आदित्य सिंहले बताए ।
उनले पक्राउ परेका मण्डल पहिले पनि मोटरसाईकल चोरीकै मुद्दामा थुनामा रहेकोमा भरखरै धरौटीमा छुटेर आएको बताए ।
यता, रामगोपलपुर प्रहरीले गत सातामात्र थप एक चोरलाई मोटरसाईकल चोर्दै गरेको अवस्थामा रामगोपालपुर नगरपालिका अगाडी जलेश्वर बर्दिवास सडकबाटै समातेको थियो ।
गत २१ गते प्रहरीले मोटरसाईकलको लक तोडिसकेको अवस्थामा रामगोपालपुर ९ अगलेसरा वस्ने २३ वर्षिय जंग वहादुर ठाकुरलाई नियन्त्रणमा लिएका थिए ।
ठाकुर समेत पटके चोर रहेको र एक दिन पुर्वमात्र धरौटीमा छुटेर आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…