बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिए
न्यूज ब्यूरो ,जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी आफ्नै कर्मचारीबाट पिटिएका छन् । बुधबार दिउँसो गाउँपालिकामा कार्यरत करार कर्मचारीले जोशीमाथि हातपात गरेको गाउँपालिका अध्यक्ष रामअशिष महतोले जानकारी दिए । उनका अनुसार ३ जना करार कर्मचारीले एक्कासी उनीमाथि हातपात

२०७९ असार ३० बिहीबार, बिहान ९:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ,जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी आफ्नै कर्मचारीबाट पिटिएका छन् ।
बुधबार दिउँसो गाउँपालिकामा कार्यरत करार कर्मचारीले जोशीमाथि हातपात गरेको गाउँपालिका अध्यक्ष रामअशिष महतोले जानकारी दिए । उनका अनुसार ३ जना करार कर्मचारीले एक्कासी उनीमाथि हातपात गरेका छन् ।
‘म एउटा काम लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर गएको थिएँ, त्यही बीचमा घटना भएको रहेछ’ अध्यक्ष महतोले भने, ‘घटना हुनुका कारण बुझ्न सकेको छुइनँ ।’
जोशीले आफूहरुलाई गालीगलौज गर्दै हातपात गर्न खोजेपछि घटना भएको नाम नबताउने शर्तमा एक जना कर्मचारीले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…