न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्रको ऐतिहासिक एवम् पवित्र भूमि भनिएको धनुषाधाम स्थित धनुष सागर पोखरी र धनुष मन्दिर सौन्दर्यकरण तथा सरसफाइ अभियानका सात सदस्यीय समिति गठन गरिएको छ ।
न्यूज ब्यूरोका सहसम्पादक समेत रहेका पत्रकार विनय कुमार यादवको अगुवाईमा धनुष सागरको डिलमा स्थानीय युवाहरुको अगुवाईमा बुधबार एक भेला आयोजना गरी सो समिति गठन गरिएको हो ।
सो भेलामा धनुष सागर लाई सौन्दर्यकरण तथा व्यवस्थापन सरसफाइ गर्न लागि छलफल समेत भएको थियो । साथै धनुष मन्दिर सरसफाइ गर्ने समेत चर्चा गरएको थियो । पत्रकार यादवले यस क्षेत्रलाई सौन्दर्यीकरण गर्न समिति गठन भएको सुनाए ।
सो अभियानको संयोजक समितिमा पत्रकार बिनय कुमार यादव, अशोक कुमार मण्डल , शिव कुमार साह, पोखनारायाण महतो, रंजित कुमार साह, दिनेश शर्मा ,नागेश्वर साह सहित सात सदस्यीय संयोजक कमिटी गठन गरिएको छ ।

धनुष सागरको ईतिहास र धनुष मन्दीर दर्शन गर्नु भन्दा पहिला धनुष सागरमा नुहाएर तथा जल शरीरमा लगाएर मन्दीर दर्शन गर्नु पर्ने परम्परा रहेको स्थानीयहरु बताउँछन् । यस सागरमा नुहाउँदा शरिरमा भएको मुसो (आईलाहा) खौसी समेत निको हुने जनविश्वास रहिआएको छ ।
यस अभियान बाट धनुषाधाम जसो प्रख्यात स्थानलाई पर्यटकिय क्षेत्रमा प्रचार प्रसार देखि व्यवस्थापनमा समेत उपलब्धि हुने स्थानीयहरु बिश्वास लिएको छ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…