सिरहाः कमिसन पाउने लोभमा, कामै नभएको योजनामा जनप्रतिनिधि र कर्मचारीले गरे सिफारिश

२०७९ असार २६ आइतबार
रति ९:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा | सिराहाको नरहा गाउँपालिका– ३, खोरिया गाउँमा गाउँपालिकाले सञ्चालन गरेको खानेपानी बोरिङ जडान कार्य सम्पन्न नहुँदै मिलेमतोमा कुल बजेटको करिब दुईतिहाइ रकम भुक्तानी गरेको पाइएको छ । खानेपानीका लागि बोरिङ जडान कार्य सम्पन्न नहुँदै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा ३५ लाख रुपैयाँमध्ये २५ लाख रुपैयाँ भुक्तानी गरेको पाइएको हो । 

गाउँपालिकाले वडा नं. ३ मा सञ्चालन गरेको खानेपानी बोरिङ जडान अन्तर्गत १९ वटा बोरिङ खनी विद्युतीय मोटरसमेत जडान गरिनुपर्ने भए पनि ६ वटामा मोटर नै नहाली रकम भुक्तानी दिइएको स्थानीयको आरोप छ ।  

वडाध्यक्षका भाइ समितिका अध्यक्ष
स्थानीय विकास निर्माणसम्बन्धी काम गर्दा जनप्रतिनिधिका नातेदार, बहालवाला सरकारी कर्मचारी, फौजदारी अभियोग लागेका व्यक्ति उपभोक्ता समितिमा रहन नपाउने व्यवस्था छ, तर वर्तमान वडाध्यक्ष मोहम्मद रुस्तम अन्सारीले आफ्नै भाइ मोहम्मद जाविर अन्सारीलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको स्थानीयले बताए । ‘आफ्नै भाइलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको भए पनि काम भने सबै वडाध्यक्ष अन्सारी आफैँले गरे,’ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने । 

गाउँलेका अनुसार वडाध्यक्षले स्थानीय माग र आवश्यकताको आधारमा बोरिङ गाड्नुपर्ने भए पनि वडाध्यक्षका नजिकका आफन्तको आँगन र खेतबारीमा बोरिङ जडान गरेका छन् । जडान गरिएका सबैमा विद्युतीय मोटर जडान गरेर उपभोक्तालाई हस्तान्तरण नगरी काम नसकिँदै दुईतिहाइ रकम भुक्तानी दिइनु मिलेमतो नै रहेको ती स्थानीयको भनाइ छ । 

बोरिङ गरिएकामध्ये ६ वटामा मोटर जडान गर्न बाँकी नै रहेको वडाध्यक्ष अन्सारी स्वयंले स्वीकार गरेका छन् । ‘म आफैँले गराएकाले राम्रो काम भएको छ,’ उनले भने, ‘बजारमा पानी तान्ने विद्युतीय मोटर नभेटिएकाले जडान गर्न सकिएको छैन ।’ मोटर पाएलगत्तै जडान गरी बाँकी रहेको ६ वटा बोरिङ पनि सञ्चालन गरिने उनले बताए । उपभोक्ता समितिका अध्यक्ष वडाध्यक्ष अन्सारीका भाइ भने सम्पर्कमै आउन चाहेनन् । समितिका अध्यक्ष बनाइएका वडाध्यक्षका भाइले रकम हात पारिसकेकाले बाँकी काम नगरेको स्थानीय गाउँलेको गुनासो छ । 

बोरिङमा आउँदैन पानी 
स्थानीय नथुनी अन्सारीले आफ्नो घरअगाडि गाडिएको बोरिङमा पानी नआएपछि अर्को बोरिङ गाडिए पनि पानी नआएको बताइन् । ‘त्यसमा पनि मोटर हालिएको छैन,’ उनले भनिन् । अर्का स्थानीय मोहम्मद कलामुद्दिनले घरअगाडि दुईवटा बोरिङ गाडिएको भए पनि एउटा नचल्ने र अर्कोमा धमिलो पानी आउने बताए । 

‘बोरिङ गरेको तीन महिनाभन्दा बढी भए पनि सफा पानी आएको छैन,’ कलामुद्दिनकी श्रीमती नुरजहाँ खातुनले भनिन्, ‘पानी सफा नभएकाले गाईवस्तुलाई खुवाउन र लत्ताकपडा धुन, भाँडावर्तन सफा गर्न मात्र प्रयोग गरिरहेका छौँ ।’ एक सय फिटसम्म बोरिङ गरेपछि मात्र पिउनयोग्य पानी आउने, तर गाउँमा गाडिएको बोरिङ ७५ देखि ९० फिटसम्म मात्र रहेकाले प्रायः पानी नआउने र आए पनि धमिलो पानी आउने गरेको स्थानीय तस्लिफ मियाँले बताए । 

इन्जिनियरको सिफारिसमा भुक्तानी : अधिकृत 
नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजितकुमार यादवले स्थानीय तहको निर्वाचन अघि स्वयंले अनुगमन गर्दा आठ वटा बोरिङ जडान भए पनि त्यतिवेला सञ्चालनमा नआएको स्विकारे । ‘म आफैँले पनि एकपटक अनुगमन गरेको थिएँ,’ प्रशासकीय अधिकृत यादवले भने, ‘त्यसपछि इन्जिनियरले गरेको लगत स्टिमेट मूल्यांकनअनुसार ३५ लाखमध्ये २५ लाख रकम मात्र भुक्तानी गरिएको हो, बाँकी रकम काम सम्पन्न भएपछि भुक्तानी दिनेछौँ ।’ गाउँपालिकाका इन्जिनियर शैलेन्द्र यादवले आफूले कामको आधारमा मूल्यांकन गरेर रकम भुक्तानीका लागि  सिफारिस गरेको दाबी गरे । उनले भने, ‘काम करिबकरिब सम्पन्न भइसकेको छ, बाँकीको मूल्यांकन गरेर भुक्तानीका लागि सिफारिस गर्नुपर्नेछ ।’

उपभाेक्ता समितिमार्फत गरिने विकास निर्माणसम्बन्धी काम सम्पन्न भई मूल्यांकनपछि मात्र भुक्तानी दिइनुपर्ने भए पनि समितिका पदाधिकारीलाई ‘रनिङ बिल’को आधारमा भुक्तानी दिइनु  जनप्रतिनिधि, कर्मचारी र समितिको मिलेमतो रहेको स्थानीयको भनाइ छ । यो समाचार नयाँ पत्रिका छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७९ असार २६ आइतबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus