क्षीरेश्वरका मेयर यादव फिल्डमा, गुणस्तरीय कामको मात्र भुक्तानी दिइने
“आर्थिक वर्ष ७८/७९ का विकास निर्माणका कामकाज सहित गुणस्तरीय कामकाज लागत अनुमान बमोजिम काम भएकोले निकासा पाउनु पर्यो जुन काम स्टिमेट बमोजिम काम नहुनेले रकम निकासा गर्न मिल्दैन ।” मेयर यादवले भने ।

२०७९ असार २५ शनिबार, दिउँसो १:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय निर्वाचन २०७९ का नव निर्वाचित क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेब यादव नगरपालिकाका प्राविधिक टोलि सहित अनुगमनमा व्यस्त भएका छन् ।
असारे विकासको चटारोमा गुणस्तरीयहिन कामहरु भईरहेको व्यापक जनगुनासोपछि मेयर यादव आफैँ फिल्डमा खटिन थालेको छ । आज अन्तिम दिन भुक्तानीको समय हुँदा कामै नगरी भुक्तानी लिने प्रवृतिलाई अन्त्य गर्न मेयर यादव आफैँ फिल्डमा खटेर अनुगमन थालेका छन् ।
“आर्थिक वर्ष ७८/७९ का विकास निर्माणका कामकाज सहित गुणस्तरीय कामकाज लागत अनुमान बमोजिम काम भएकोले निकासा पाउनु पर्यो जुन काम स्टिमेट बमोजिम काम नहुनेले रकम निकासा गर्न मिल्दैन ।” मेयर यादवले भने ।

विभिन्न वडामा काम गरिएको काम प्रती स्थानीय वासिन्दाहरु गुणासो गर्दा ग्राउन्डमा गएर चेकजाँच गरि अनुगमन गरिएको युवा नेता अनिल चौधरीले बताए ।
प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरे ,लेखा शाखाका विक्रम साह ,प्रावधिकहरु, युवा नेता अनिल चौधरी लगायत अन्य जनप्रतिनिधिहरुको सहभागीमा अनुगमन धमाधम गरिदै छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…