जनकपुरधामका जनप्रतिनिधि र कर्मचारीले साउन देखि साइकल चड्ने
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामका जनप्रतिनिधि र कर्मचारीले पेट्रोलियम पदार्थको खपत घटाउन प्रत्येक शुक्रबार साइकल चढ्ने भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबारका दिन साइकल चढ्ने भएका छन् । पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हप्ताको एक दिन सब

२०७९ असार २४ शुक्रबार, राति ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामका जनप्रतिनिधि र कर्मचारीले पेट्रोलियम पदार्थको खपत घटाउन प्रत्येक शुक्रबार साइकल चढ्ने भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबारका दिन साइकल चढ्ने भएका छन् ।
पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हप्ताको एक दिन सबैले साइकल चढ्ने भएका हुन् । उपमहानगरपालिकाका उप मेयर किशोरी साहले यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयन हुने बताए ।
उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले बताए । साउन महिनादेखि प्रत्येक शुक्रबार मेयर, उप मेयरदेखि सबै जनप्रतिनिधि र कर्मचारी कुनै कामका लागि कार्यालय आए साइकलमै आउनुपर्छ’ उनले भने, ‘त्यस दिन कार्यालय आउँदा अन्य सवारी चलाउन पाइने छैन ।’
उनले पेट्रोलियम पदार्थको खपत घटाउन, पर्यावरणलाई सफा राख्न र शरीरका लागि पनि राम्रो हुने भएकाले हप्ताको एक दिन साइकल चढ्ने निर्णय भएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायले शुक्रबार नै आफ्नो कोठाबाट साइकल चढेर कार्यालयसम्म पुगेका छन् ।
उनले उपमहानगरपालिकाको नीति अनुरुप आफू कोठादेखि २ किलोमिटर टाढा रहेको कार्यालयसम्म साइकलमै आएको भन्दै फेसबुकमा फोटो पोष्ट गरेका छन् ।
उनले प्रत्येक शुक्रबार साइकल चलाउन सबै जनकपुरबासीलाई हार्दिक आह्वान समेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…