जनकपुरधामका जनप्रतिनिधि र कर्मचारीले साउन देखि साइकल चड्ने

२०७९ असार २४ शुक्रबार
रति ८:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामका जनप्रतिनिधि र कर्मचारीले पेट्रोलियम पदार्थको खपत घटाउन प्रत्येक शुक्रबार साइकल चढ्ने भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबारका दिन साइकल चढ्ने भएका छन् ।

पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हप्ताको एक दिन सबैले साइकल चढ्ने भएका हुन् । उपमहानगरपालिकाका उप मेयर किशोरी साहले यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयन हुने बताए ।

उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले बताए । साउन महिनादेखि प्रत्येक शुक्रबार मेयर, उप मेयरदेखि सबै जनप्रतिनिधि र कर्मचारी कुनै कामका लागि कार्यालय आए साइकलमै आउनुपर्छ’ उनले भने, ‘त्यस दिन कार्यालय आउँदा अन्य सवारी चलाउन पाइने छैन ।’

उनले पेट्रोलियम पदार्थको खपत घटाउन, पर्यावरणलाई सफा राख्न र शरीरका लागि पनि राम्रो हुने भएकाले हप्ताको एक दिन साइकल चढ्ने निर्णय भएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायले शुक्रबार नै आफ्नो कोठाबाट साइकल चढेर कार्यालयसम्म पुगेका छन् ।

उनले उपमहानगरपालिकाको नीति अनुरुप आफू कोठादेखि २ किलोमिटर टाढा रहेको कार्यालयसम्म साइकलमै आएको भन्दै फेसबुकमा फोटो पोष्ट गरेका छन् ।

उनले प्रत्येक शुक्रबार साइकल चलाउन सबै जनकपुरबासीलाई हार्दिक आह्वान समेत गरेका छन् ।

  • 72%
  • 9%
  • 3%
  • 4%
  • 3%
  • 1%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७९ असार २४ शुक्रबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus