११ हजार भोल्टको करेन्ट लागेर धनुषामा एक युवकको मृत्यू
गत असार १५ गते शुक्रबार दिउँसो आफ्नै घरमा एलिबेस्टर चढाउँदै गर्दा प्रसारणमा रहेको ११ हजार भोल्टको नाँगो तारमा छोएपछि करेन्ट लागेर उनको ज्यान गएको स्थानीयहरुले बताएका छन् ।

२०७९ असार २० सोमबार, दिउँसो १२:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित करेन्ट लागेर एक युवकको मृत्यू भएको छ ।
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ६ कठालस्थित बस्ने पशुपति गुप्तालाई ११००० भोल्टको तारमा करेन्ट लागेर मृत्यू भएको छ ।
गत असार १५ गते शुक्रबार दिउँसो आफ्नै घरमा एलिबेस्टर चढाउँदै गर्दा प्रसारणमा रहेको ११ हजार भोल्टको नाँगो तारमा छोएपछि करेन्ट लागेर उनको ज्यान गएको स्थानीयहरुले बताएका छन् ।
घरमाथि एलिबेस्टर चढाउँदा घरको छानामा चढेका गुप्तालाई तारले छोएपछि उनको तत्कालै मृत्यू भएको स्थानीयहरुले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…