जनकपुरः NIC ASIA बैँकमा ग्रील फोडेर चोरी, सिसिटिभी चेक गर्दै प्रहरी
प्रहरीले बैँक भित्र जडान गरिएको सिसिटिभी फुटेज चेकजाँच गर्न बसेका छन् । बैँकको पछाडीको ग्रील फोडेर बैँक भित्र पसेको देखिएको छ ।

२०७९ असार १९ आइतबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एनआईसी एसिया बैँकको एक शाखामा चोरी भएको छ ।
धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरस्थित रहेको एनआईसी एसिया बैँक शाखामा गएराती चोरी भएको प्रहरीले जनाएको छ ।
गएराती बैँकको ग्रील फोडेर बैँक भित्र पसेको देखिएको छ । बैँकमा रहेको जिन्सी समानहरु जस्ताको त्यस्तै रहेको प्रहरीले जनाएको छ ।
चोरले बैँक भित्र रहेको लकर फोडने प्रयास गरिएको बताईएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार, बैँकभित्र भएको कम्प्यूटर, प्रिन्टर, स्कानर वा अन्य उपकरण, मेसिनमा केही पनि गरेको छैनन् ।
नगद राख्ने लकर फोडने प्रयास भएको बताईएको छ । सो बैँकमा केकति चोरी भएको वा नभएको बारे अहिले अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बैँक भित्र जडान गरिएको सिसिटिभी फुटेज चेकजाँच गर्न बसेका छन् । बैँकको पछाडीको ग्रील फोडेर बैँक भित्र पसेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…