थर्ड क्लास सिँगर सन्नु कुमार खँगको 'चुम्मा' बाला गीतमा Report गरेपछि युटुबले गर्यो Delete
भोजपुरी गीत नाम मात्रको लागि बदनाम भएपनि अहिले मैथिली भाषाको यीनीहरुले गाउने गीत परिवारसँग बसेर सुन्न सक्ने अवस्था देखिदैनन् । गन्दा शब्दहरु, अन्तरँग शब्दहरु राखेर दिनहुँ खुल्ला, छाडा शब्दहरुले यहाँको समाजलाई निकै लज्जित तुल्याएको छ ।

२०७९ असार १८ शनिबार, बिहान ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशमा तेस्रो दर्जाभन्दा पनि तल झरेका आफूलाई गायक मान्ने सप्तरीका सन्नु कुमार खँगको एक गीतलाई युटुबले डिलिट गरिदिएको छ ।
तेस्रै दर्जाभन्दा तल झरेकी र आफूलाई गायक मान्दै आएकी महोत्तरीकै सुमन सोना नामक युवतिलेसमेतले गाएकी ती गीतमा शब्दहरुको कारण युटुबले डिलिट गरिदिएको छ ।
केही दिनअघि युटुबमा राखिएको “एक बेर, दुई बेर, तीनबेर, चारबेर, पाँच बेर चुम्मा लेलकै रे” गीत युटुबमा सार्वजनिक भएको थियो । सो गीतमा टिकटक बैन अभियान र अश्लिलता विरुद्ध उत्रेका युवाहरुले निरन्तर रिपोर्ट हानेपछि सो गीतलाई युटुबले हटाएको हो ।
उनी दुई जनाले गाउने गीतमा प्रयोग गरिएको शब्दले दुवै जनालाई घटिया गायकको सँज्ञा पनि दिने गरिएको छ । युवाहरुले उनीहरुलाई लक्षित गरी उनीलाई डिजिटली बैन गर्ने अभियानमा लागेका छन् ।

यसअघि भोजपुरी गीतलाई मात्र अश्लिल मानिदैँ आएकोमा अहिले मैथिली भाषाको गीत सबभन्दा बढी भद्दा गरिएको छ । मैथिली भाषालाई निरन्तर प्रहार र भद्दा बनाउन सन्नु कुमार खँग, सुमन सोना, ज्ञानु यादव , धर्मेन्द्र निरमलिया नामक चौथो दर्जाका सिँगरहरु लागि परेका छन् ।
कुनै बेला मैथिली विश्वको सबभन्दा मिठो भाषा मानिएपनि अहिले ती तेस्रो दर्जाका गायकहरुले भाषालाई नराम्रो चुनौति दिएका छन् । युटुबबाट केही पैसा कमाउने लोभ उनीहरुले यहाँको सँस्कार, सँस्कृतिलाई धज्जिया उडाउन थालेपनि कोही निकाय वा जागरुक युवाहरुले नै केही गर्न सकेका छैनन् ।
भोजपुरी गीत नाम मात्रको लागि बदनाम भएपनि अहिले मैथिली भाषाको यीनीहरुले गाउने गीत परिवारसँग बसेर सुन्न सक्ने अवस्था देखिदैनन् । गन्दा शब्दहरु, अन्तरँग शब्दहरु राखेर दिनहुँ खुल्ला, छाडा शब्दहरुले यहाँको समाजलाई निकै लज्जित तुल्याएको छ ।
उनीहरुले गाउने गीतमा यसरी नै निरन्तर रिपोर्ट गरिए उनीहरुको गन्दाको पसल बन्द हुने सँकेत पनि यो भिडियो डिलिटपछि देखाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…