सुखिपुरलाई स्वर्णपुर बनाउनुपर्छ : प्रदेश प्रमुख कायश्थ
ब्रम्हानन्द ठाकुर || जनकपुरधाम, २७ चैत्त । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले सिरहाको सुखिपुरलाई स्वर्णपुर बनाउनुपर्ने धारणा राखेका छन् । सोमबार प्रथम सुखीपुर नगर महोत्सव २०७४ मा सहभागी हुँदै प्रमुख कायश्थले यस महोत्सवले सबैमा सकारात्मक सोचको विकास हुने धारणा राखे । सिरहास्थित प्रथ

२०७४ चैत २७ मंगलबार, बिहान ९:४३ बजे१ मिनेट पढाइ

ब्रम्हानन्द ठाकुर ||
जनकपुरधाम, २७ चैत्त । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले सिरहाको सुखिपुरलाई स्वर्णपुर बनाउनुपर्ने धारणा राखेका छन् ।
सोमबार प्रथम सुखीपुर नगर महोत्सव २०७४ मा सहभागी हुँदै प्रमुख कायश्थले यस महोत्सवले सबैमा सकारात्मक सोचको विकास हुने धारणा राखे ।
सिरहास्थित प्रथम सुखीपुर नगर महोत्सवको उद्धघाटन गर्दै प्रमुख कायस्थले कृषि, शिक्षा तथा पर्यटकिय क्षेत्रको रुपमा विकास र स्थानियस्तरबाट उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन, सम्बद्र्धन गुणात्मक प्रतिष्पर्धाको विकास गर्ने उद्येश्यका साथ सँचालन हुने महात्सवको प्रशँसा समेत गरे ।

सुखीपुर पहिले नगरपालिका रहेको र पछि गाउँपालिका भएपछि गाउँबासीको अथक प्रयासले पुनः नगरपालिका घोषणा गराउन दवाब दिएकाले स्थानियको लगनशिलताको प्रशँसा गर्दै उनले सुखीपुरलाई मिहिनेतले स्वर्णपुर बनाउन सुझाव दिए ।
महोत्सवको सफलताको शुभकामना समेत दिदै कार्यक्रममा पानसमा बत्ती बाली महोत्सवको उद्धघाटन गरे ।
कार्यक्रम पश्चात महोत्सवको अवलोकन समेत गरेका थिए ।


कार्यक्रममा राष्ट्रिय गान बजाउनुका साथै ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौन धारण समेत गरिएको थियो ।
त्यस्तै कार्यक्रममा आभाष लाभ, सँजय यादव, गुरुदेव कामत जस्ता गायकहरुले गीत गाएर कार्यक्रमलाई केही क्षण सँगीतमय समेत बनाएका थिए ।
प्रमुख प्रदेश कायस्थको प्रमुख आतिथ्यमा उद्धघाटन भएको सो कार्यक्रमको सभापतित्व महोत्सवका अध्यक्ष वीपी भुवन यादवले गरेका थिए । सो महोत्सवमा कृषि, हस्तकला तथा चित्रकला समाग्री, व्यापार तथा शिक्षा सँग सम्बन्धित ४० वटा स्टल राखिएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…