पूर्व मेयर यादवको नौटँकीः आफैँ मेयर हुँदा ४ महिनासम्म दिएनन तलब, हारेपछि विरोधमा
२०७४ को निर्वाचनमा मिथिला बिहारी नगरपालिकामा मेयर पदमा नेकपा एमाले पार्टी बाट निर्वाचित भएर मेयरपदको जिम्मेवारी सम्हालेका अनिल यादव आफ्नै कार्यकालमा गर्न नसकेको काम २०७९ का जनप्रतिनिधि माथी आरोप लगाएको एउटा नाटकीय प्रस्तुति गरेका छन् । ०७९ को निर्वाचनको अगावै आफ्नै कार्यकालमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी त्यसै नगरपालिकाका शिक्षा शाखा प्रमु

२०७९ असार १४ मंगलबार, दिउँसो १:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक स्थानीय तहका पूर्व मेयरको नौटँकी छताछुल्ल भएको छ ।
धनुषाका जिल्लाको मिथिला बिहारी नगरपालिकाका पूर्व मेयर अनिल कुमार यादवले आफैँ मेयर हूँदा ४ महिनासम्मको तलब रोकेर अहिले नयाँ जनप्रतिनीधिको विरोधमा उत्रेपछि उनीमाथि हाँस्य व्यँग गरिएको छ ।
चुनावअघि देखि नै आफू मेयर पदमा हुँदा गत बर्षको माघ महिनादेखि नै शिक्षक कर्मचारीहरुको तलब रोक्का गरी चुनावमा होमिएका पूर्व मेयर यादवले चुनावमा पराजित भएपछि आफैँ विरोध जनाउन थालेका छन् ।
गत बैशाख ३० गते मात्र स्थानीय तहको निर्वाचनपछि उनी पराजित भए , तर त्यो भन्दा अगाडी उनी आफैँ मेयर पदमा आश्विन रहँदा शिक्षकहरुले जति मागेपनि तलब भने दिएनन् । अहिले नयाँ मेयर आएको एक महिना मात्र भएपछि उनको विरोधमा आफैँ उत्रेका छन् ।
शिक्षकहरुको तर्फबाट उनीहरुको तलब भत्ता माग गर्दै सोमबार मिथिलाबिहारी नगरपालिकाको कार्यालय अगाडी धर्ना दिएर बसेपछि आम नागरिकले उनीमाथि हाँसो जनाए । आफैँले नदिएको तलबको लागि आफैँ आन्दोलनमा आउनु हाँस्यास्पद रहेको प्रतिक्रिया आम नागरिकहरुले दिएका छन् ।
२०७४ को निर्वाचनमा मिथिला बिहारी नगरपालिकामा मेयर पदमा नेकपा एमाले पार्टी बाट निर्वाचित भएर मेयरपदको जिम्मेवारी सम्हालेका अनिल यादव आफ्नै कार्यकालमा गर्न नसकेको काम २०७९ का जनप्रतिनिधि माथी आरोप लगाएको एउटा नाटकीय प्रस्तुति गरेका छन् ।
०७९ को निर्वाचनको अगावै आफ्नै कार्यकालमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी त्यसै नगरपालिकाका शिक्षा शाखा प्रमुख नवौं तहका रामदरश यादवलाई जिम्मेवारी वहन गर्न कार्यपालिका पास गरि सर्वसहमत अख्तियारी दिएका मेयर यादव पराजित भएपछि उनकै विरोधमा उत्रेका हुन् ।
मेयर यादवको ईशारामा नचल्दा त्यही बेला प्रमुख प्रशासकिय अधिकृतका लागि पुर्व मेयर यादवले कन्हैया मिश्रलाई सहमति दिए तर, मिश्रले कार्यभार सम्हालेका केही दिन नबित्दै अधिकृत यादव कानुनी संम्वत सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि नगरपालिकाका कामकाज मुद्दा फैसाला नहुन्जेल आर्थिक कारोबार रोकथाम गर्न अनतरिम आदेश जारी गरेपछि अन्य कार्यहरु रोकिएको छ ।
नगरपालिका अधिकृतकै विवादमा हुदा हुँदै विकास लगायत अन्य कामकाज समेत ठप्प भएको छ ।
२०७९ गत वैशाख ३० गते निर्वाचनमा नयाँ जनप्रतिनिधिहरु जिम्मेवारी सम्हालेर नगरपालिकामा आउँदा पुरानै विवाद अधिकृत मिश्र र यादवको विवादले नगरपालिका अस्तव्यस्त बनाएको आरोप स्थानीयहरुले लगाएका छन् ।
नयाँ जनप्रतिनिधि द्वारा कार्यपालिकामा अधिकृतको प्रस्ताव कार्यपालिका लगियो कार्यपालिकाबाट पुरानै अधिकृत राम दरश यादवलाई जिम्मेवारी दिने निर्णय सर्वसहमतबाट गरियो ।
समान्य प्रशासन मन्त्रालय लाई निर्णय सहितको चिठि बनायो साथै अधिकृत यादवले नगरपालिका माथी गरेको मुद्दा फिर्ता लिने सहमति पनि गरियो ।
शिक्षकहरु माघ महिना देखि तलब न पाउँदा अनिश्चितकालीन विधालय बन्द गरि नगरपालिकामा धरनामा बसेपछि नगरवासीहरुले पूर्व मेयर यादवलाई गिज्याउन थालेका छन् ।
यता, शिक्षक जस्तो पेशामा रहेका बुद्धिजीवीहरुले समेत उनीहरुलाई तलब नदिने पूर्व जनप्रतिनीधिलाई छाडेर एक मात्र महिना भएको जनप्रतिनीधिमाथि राजनीतिक निशासा साध्न थालेपछि अस्तित्व समेत खतरामा पारेका छन् ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…