महोत्तरीमा युवाहरुको सँगठन यान द्वारा रक्तदान, ५ दर्जनबढीले गरे रक्तदान
कार्यक्रममा नगर प्रमुख दिपेन्द्र महतो, वडाध्यक्ष ओमप्रकाश गुप्ता, यानका केन्द्रीय सदस्य सुरज चौधरी, प्रवक्ता राजु महतो, पुर्व केन्द्रिय सचीव मनोहर यादव, सदस्य रोशन यादव, दिपेन्द्र महतो, निशान्त कर्ण , प्रभु बचत सहकारीका संचालक सत्रुधन यादव, महोत्तरी युवा संजालको नगर अध्यक्ष विजय सिंह, राजिव साह लगायत बुद्धिजिवी, समाजसेवी, राजनितिककर्मी, स्थानीय यूवाहरुको सहभागीता रहेको थियो।

२०७९ असार १३ सोमबार, राति ९:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । युवाहरुको साँझा सँगठनको रुपमा रहेको युथ एसोसिएन अफ नेपाल र महोत्तरी युवा संजालको संयुक्त आयोजनामा महोत्तरीको गौशाला स्थित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
त्यहाँस्थित रहेको त्रिभुवन माध्यमिक विद्यालय भएको रक्तदान कार्यक्रममा ५ दर्जन बढी व्यक्तिहरुले रक्तदान गरेका छन् ।
उक्त कार्यक्रममा कुल ६६ जना व्यक्तिले रक्तदान गरेका छन् । गौशाला नगरपालिकाका नगरप्रमुख दिपेन्द्र महतोको प्रमुख आतिथ्य र विशिष्ट अतिथि ओमप्रकाश गुप्ताको विशेष रोहबरमा रक्तदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटीको ब्लड बैँकमा रगतको अभाव तथा रगत नदिने पुरानो सोंचलाई परिवर्तन गर्ने उदेश्यले पनि युवाहरुले अन्य कार्यक्रम भन्दा पनि रक्तदान कार्यक्रम गर्दै आएका छन् ।
उक्त कार्यक्रममा नगरप्रमुख महतो र वडा अध्यक्ष गुप्ताले रक्तदान गरी विधिवत रुपमा शुरुवात गरेका थिए ।

रक्तदान जीवन दान, रगत अभावमा कसैलाई ज्यान गुमाउन नदिने संकल्प गरौ’ नाराको साथ भएको सो कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख दिपेन्द्र महतो, वडाध्यक्ष ओमप्रकाश गुप्ता, यानका केन्द्रीय सदस्य सुरज चौधरी, प्रवक्ता राजु महतो, पुर्व केन्द्रिय सचीव मनोहर यादव, सदस्य रोशन यादव, दिपेन्द्र महतो, निशान्त कर्ण , प्रभु बचत सहकारीका संचालक सत्रुधन यादव, महोत्तरी युवा संजालको नगर अध्यक्ष विजय सिंह, राजिव साह लगायत बुद्धिजिवी, समाजसेवी, राजनितिककर्मी, स्थानीय यूवाहरुको सहभागीता रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…