कर्मचारीहरुले समयमा सेवा दिए हामी प्रोत्साहित गर्छौ : मेयर यादव
शैक्षिक सत्र सुरु भएको दुई महिना बितिसक्दा पनि विद्यालयहरुमा विद्यार्थीहरुले पुस्तक पाएका छैनन् ।

२०७९ असार ११ शनिबार, राति ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले नगरपालिकाका कर्मचारीहरुले समन्वय गरे प्रोत्साहन गर्ने बताएका छन् ।
धनुषाधामस्थितबाट प्रसारणमा रहेको रेडियो धनुषाधाम १०७.३ मेगाहर्जको लोकप्रीय कार्यक्रम “राजनीति मुद्दा” मा अन्तरवार्ता दिएका मेयर यादवले नगरभरीका कर्मचारीहरु समयमा सेवा इमानदारीपूवर्क काम गरे जनप्रतिनीधिहरुले प्रोत्साहित गर्ने बताएका छन् ।
कार्यक्रम सँचालक एवम् पत्रकार बिनय यादवको अन्तरवार्ताको क्रममा सोधिएको एक प्रश्नमा उनले भने, “हामी यथाशीघ्र शिक्षा शाखा प्रमुख स्रोत व्याक्ती अनुभवी दक्ष ल्याउने त्यारी अवस्थामा छौं । प्रत्येक बिधालयमा सिसि क्यामेरा ,ई हाजिरीहरु लगाएर शिक्षामा परिवर्तन गर्ने विश्वास दिलाउन चाहन्छु ।”
नगरभरिका मधुमेह ,बिपि जस्ता विरामीलाई निःशुल्क औषधी वितरण गर्ने नीति तथा नियम नगरसभा राखेको उनले थपे ।
पत्रकार यादवको जिज्ञासामा उनले पहिलाको जनप्रतिनीधिले सडक बाटो नबनाएको र आफू केही दिनभित्रै सडकबाटोहरु बनाउने बताए ।
उनलाई नगरको शिक्षाको अवस्थाको बारेमा तथा नगरसभामा शिक्षालाई प्राथमिकतामा राखेको सन्दर्भमा अहिलेसम्म विद्यालयमा पुस्तक नै नपुगेको प्रश्न गरेपछि उनले सात्विक जवाफ दिन सकेनन् ।
शैक्षिक सत्र सुरु भएको दुई महिना बितिसक्दा पनि विद्यालयहरुमा विद्यार्थीहरुले पुस्तक पाएका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…