सिरहाको नरहा गाउँपालिकाको बजेट ३७ करोड बढी, प्रत्येक वडालाई ८५ लाख बजेट
गाउँपालिकाको अध्य्यक्ष राम प्रमोद यादवले नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरेका थिए । गाउँपालिकी उपाध्यक्ष गुलाब देवी चौधरीकी सभापतित्वमा सँचालन भएको सो नगरसभामा प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले सभा सचिवको रुपमा सहभागिता जनाएका थिए ।
२०७९ असार ११ शनिबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित नरहा गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ३७ करोड बढी बजेट ल्याएको छ । नरहा गाउँपालिका आ. व. २०७९ /८० नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिक्रम गा.पा ३ स्थित रेड क्रसमा सम्पन्न गरेको हो ।
आगामी आर्थिक बर्ष २०७९/०८० को लागि नरहा गाउँपालिकाले कुल ३७ करोड ३२ लाख ७० हजार रुपैयाँ बजेट अनुमान गरेको हो ।
जसमा आन्तरिक राजस्व प्राप्त रकम समावेश गरिने छ। साथै नेपाल सरकारबाट स्थानिय तहलाई वितिय समानीकरण रू. ९,२१,००,००० नौं करोड एकाइस लाख प्राप्त भएको छ, भने सशर्त अनुदान संघीय सरकार अनुदान १२,९५,००,००० दर्साएको छ ।
सम्पुरक अनुदान सङ्घीय सरकार अनुदान १,७०,००,००० , विशेष अनुदान संघीय सरकार अनुदान ७०,००,०००, । संघीय सरकार राजस्व बाँडफाँड ६,६८,२६,००० । प्रदेश सरकार सम्मनिकरण अनुदान ६२,८४,००० । प्रदेश सरकार विशेष ३०,००,०००। प्रदेश सरकार सम्पुरक अनुदान २०,००,००० । गाउँपालिका आन्तरिक राजस्व अनुमान २५,७५,००० । आन्तरिक स्रोत अनुमान ४,६९,८५,००० रहेको छ ।
वडागत बाँडफाँड वडा दर ८५,००,००० ५ वटा वडामा जम्मा रकम ४,२५,००,००० बाँडफाँड गरिएको जनाइएको छ ।

गाउँपालिकाको अध्य्यक्ष राम प्रमोद यादवले नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरेका थिए । गाउँपालिकी उपाध्यक्ष गुलाब देवी चौधरीकी सभापतित्वमा सँचालन भएको सो नगरसभामा प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले सभा सचिवको रुपमा सहभागिता जनाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…