जिल्ला समन्वय समितिमा जसपा र एमालेको गठबन्धन, चुनावमा गठबन्धनको सम्भावना
यस अघि पनि पर्सा लगायत केही जिल्लाहरुमा एमाले र जसपा बिच गठबन्धन भइसकेको छ।

२०७९ असार ८ बुधबार, बिहान ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्ला समन्वय समितिमा एमाले र जसपाको गठबन्धन भएको छ । जसपा र एमाले मिलेर समन्वय समितिको पदाधिकारी छानिएको हो ।
जिल्ला समन्वय समिति सिरहाको सभापतिमा जसपाका दिनेश कुमार महतो भएका छन् भने उपसभापति एमालेका दिलिप लामा भएका छन् ।
यस्तै, सदस्यहरुमा जसपाबाट जानकी देवी यादव, सोभा यादव, सुरेश यादवलाई दिएको छ भने एमालेबाट गीता पासवान, सोनावति महरा, सूर्य नारायण यादव र रबिन्द्र कुमार महतो चयन भएका छन् ।
जिल्ला समन्वय समितिमा दुवै पार्टीबीच गठबन्धनको लागि एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री लीलानाथ श्रेष्ठ र जसपाका प्रभावशाली नेता एवम् पूर्व मन्त्री सत्रुध्न प्रसाद सिँहले अहम भूमिका निर्वाह गरेका थिए ।
यस अघि पनि पर्सा लगायत केही जिल्लाहरुमा एमाले र जसपा बिच गठबन्धन भइसकेको छ।
जिल्ला समन्वय समितिमा जसपा र एमालेको गठबन्धन कुशल चले आउने संघ र प्रदेश निर्वाचनमा समेत एमाले र जसपा बिच गठबन्धन हुने प्रवल सम्भावना रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…