मिर्चैयामा विषेश छुटसहित अटो मार्ट एजेन्सीद्वारा आइशरको सर्भिस क्याम्प हुँदै
न्यूज ब्यूरो, सिरहा । विश्वसहित नेपालमा पनि लोकप्रियता र विश्वसनीयता हासिल गर्न सफल भएको व्यावसायिक गाडी बनाउने कम्पनी आइशर मोटोर्सको मिर्चैयामा सर्भिस क्याम्प सञ्चालन हुने भएको छ । सिरहाको मिर्चैया नगरपालिका ९ स्थित ढोरनामा अवस्थित अटो मार्ट एजेन्सी प्रालिको सहकार्यमा आइशर मोटरसको आधिकारिक सर्भिसिङ

२०७९ असार ६ सोमबार, बिहान ९:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वसहित नेपालमा पनि लोकप्रियता र विश्वसनीयता हासिल गर्न सफल भएको व्यावसायिक गाडी बनाउने कम्पनी आइशर मोटोर्सको मिर्चैयामा सर्भिस क्याम्प सञ्चालन हुने भएको छ ।
सिरहाको मिर्चैया नगरपालिका ९ स्थित ढोरनामा अवस्थित अटो मार्ट एजेन्सी प्रालिको सहकार्यमा आइशर मोटरसको आधिकारिक सर्भिसिङ्ग सेन्टरमा दुई दिने सर्भिस क्याम्प सञ्चालन हुने भएको हो । आइशर मोटर्स र अटो मार्ट एजेन्सी प्रालिको सहकार्यमा यहि असार १२ गते देखि १४ गते क्याम्प सञ्चालन हुनेछ ।
विषेश छुट दिने गरी सञ्चालन हुन गइरहेको सर्भिस क्याम्पमा आइशरका विभिन्न व्यावसायिक गाडी ट्रक, टिपर, बस इत्यादिको सर्भिस गरिने अटो मार्ट एजेन्सी प्रालिका सञ्चालक मनिष कुमार साहले जानकारी दिए ।
क्याम्पमा लुब्रिकेन्ट र पार्ट्समा १० प्रतिशत छुट र गाडी सर्भिस चार्जमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था रहेको छ । गाडी सर्भिसिङ तथा अन्य जानकारीको लागि मोबाइल नम्बर ९८१८४५१००७ मा सम्पर्क गर्न सकिनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…