हराएको बच्चा दुई घण्टामै खोजेर दिए धनुषा प्रहरी
काजल पासवानको छोरा वर्ष ३ को आयुष पासवान बुधबार दिउँसो ४ः३० बजे डेराबाटै खेल्दा खेल्दै हराएका थिए ।

२०७९ असार २ बिहीबार, बिहान ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट हराएको एक बच्चालाई धनुषा प्रहरीले दुई घण्टामै खोजेर दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कनकपट्टि बस्ने तथा हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ वकिलटोलमा डेरा गरी बस्ने एक ३ बर्षिय बालकलाई प्रहरीले दुई घण्टाभित्रै खोजेर जिम्मा लगाएको हो ।
सो स्थानमा डेरा गरी बस्ने राम भरोस पासवानको श्रीमति काजल पासवानको छोरा वर्ष ३ को आयुष पासवान बुधबार दिउँसो ४ः३० बजे डेराबाटै खेल्दा खेल्दै हराएका थिए ।
सोही क्रममा डेराबाट खेल्दा खेल्दै हराएको भनि जानकारी जिल्ला प्रहरी कार्याल धनुषालाई प्राप्त भए लगत्तै मातहत वडा प्रहरी कार्यालय धनुषा (रेल्वे) बाट प्रहरी परिचालन गरी दुई घण्टाभित्र बच्चा फेला परी परिवारलाई जिम्मा लगाएको हो ।
तत्कालै खटेको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ भानुचोकस्थितबाट बालकलाई उद्धार गरी उनकी आमा काजल पासवानलाई जिम्मा लगाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…