प्रधानमन्त्री ओलीलाई संघीयता विरोधी भनेपछि सँसदमै हँगामा !
न्यूज ब्यूरो || जनकपुरधाम, २६ चैत्त । राष्ट्रिय जनता पार्टी नेपालका सांसद मनिष कुमार सुमनले संसदको विशेष समयमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भनेपछि एमालेका सांसदले हंगामा गरेका छन् । संसदको अन्तिम समयमा बोल्दै नेता सुमनले जनयुद्ध, जनआन्दोलन तथा प्रथम, दोश्रो र तेश्रो मधेश आन्

२०७४ चैत २६ सोमबार, बिहान ९:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २६ चैत्त । राष्ट्रिय जनता पार्टी नेपालका सांसद मनिष कुमार सुमनले संसदको विशेष समयमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भनेपछि एमालेका सांसदले हंगामा गरेका छन् ।
संसदको अन्तिम समयमा बोल्दै नेता सुमनले जनयुद्ध, जनआन्दोलन तथा प्रथम, दोश्रो र तेश्रो मधेश आन्दोलनको उपलब्धि स्वरुप देशमा संघीयता आएको तथा आन्दोलनको समयमा संघीयतालाई स्पेश दिन नखोज्ने प्रधानमन्त्री ओली प्रदेशको शासन सत्ता आफ्नो कब्जामा जमाईराखेको आरोप लगाएपछि एमालेका सांसदहरुले हंगामा मचाएका हुन् ।
मनिष सुमले प्रधानमन्त्री ओलीप्रति आफ्नो धारणा प्रकट गरिहदा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले कुर्सिबाट उठेर नियमापत्ति जनाउदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भनेपछि प्रदेश नं. २ को प्रदेशसभा राजपा नेता मनिष सुमनले प्रधानमन्त्री केपी ओलीलाई संघीयता विरोधी भनेपछि हंगामा बैठकमा विवाद भएको छ ।
अईतवार बसेको प्रदेश नं. २ को ११ औं प्रदेशसभा बैठकमा राजपा नेपालका प्रदेश सांसद मनिष सुमनले प्रधानमन्त्री ओली संघीयता विरोधी हो भनेर पटक पटक बोलेपछि विवाद भएको हो।
राजपा सांसद सुमनले पटकपटक ओली संघीयता विरोधी भनेपछि देशकै प्रधानमन्त्रीलाई अपमान गरेको भन्दै नेकपा एमालेका सांसदहरुले टेवुल ठोक्दै सभामुख सरोज यादवलाई ध्यानाकर्षण गराएका थिए । सोही विषयलाई लिएर भएको विवादमा भएपछि झण्डै १ मिनेट संसाद बैठक अवरुद्ध भएको थियो ।
एमाले संसदीय दलका नेता मण्डलले सभामुखलाई ध्यानाकर्षण गराउँदै सांसदहरुलाई सभाहलमा मर्यादित भएर सभ्य भाषा बोल्न आग्रह गरे । साथै संसदको रेकर्डबाट अमर्यादित शब्द हटाउनमा माग गरेका थिए ।
त्यस अघि बैठकमै नेकपा माओवादी केन्द्रका प्रदेश सांसद जगत यादवले प्रधानमन्त्री ओली मधेश विरोधी भएको भन्दै पटकपटक ओलीको आलोचना गरेका थिए । सोही लगतै नेकपा एमालेका प्रदेश सांसद किशोरी साह कमलले माओवादीका प्रदेश सांसद जगत प्रसाद यादवलाई शिष्ट भाषा प्रयोग गर्न र होस पुरयाएर बोल्न आग्रह गरेका थिए भनेर आजको न्यूजपेपर दैनिक पत्रिकामा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…