धनुषाधामका मिटरब्याजी यादवविरुद्ध स्थानीयहरु मेयर मण्डलसँग गरे अर्जी
बुधबार दिउँसो १ः३० बजे देखि ३ बजे बिचमा सिडियो कार्यलयमा पीडित सहित मेयर मण्डल जाने बताएका छ्न ।

२०७९ जेठ ३१ मंगलबार, राति ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गृह मन्त्रालयले मिटर ब्याजीहरुको बारेमा खवर गर्न सूचना नै प्रकाशित गरेपछि मिटरब्याजमै ठगिएका स्थानीयहरुले मेयर गुहारेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल कहाँ स्थानीयहले अर्जी लिएर मँगलबार मिटर ब्याजको चपेटामा परेको दुखेसो सुनाएपछि मेयरले परेशान नहुन आश्वासन दिएका छन् ।
धनुषाधाम नगरपालिका वडा नं ५ बस्ने लट्टु यादवको छोरा वर्ष ४३ को सुरेश यादवले स्थानीय बासिन्दाहरु संग ठगी धन्धा गरेको स्थानीयहरु आरोप लगाएको छ ।
घरखर्च चलाउन कर्जा मुलधन भन्दा गाउँघरको चालचलन अनुसार ४ दोब्बर कागज बनाउने चलन रहेको छ । करिब १६ जना व्याक्तिहरु संग बनाएको कागज लिए ऋण भन्दा बढी रकम बराबर मुद्दा हालेको स्थानीयहरु न्यायका लागि पहल गरदिन लागि धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल संग अनुरोध गरेका छ्न ।
मिटर ब्याजी सुरेश यादवको ठगी धन्दाको कानुन बमोजिम धनुषाधाम नगरपालिकाका मेयर मण्डलले सहयोग गर्ने बताएका छ्न ।
बुधबार दिउँसो १ः३० बजे देखि ३ बजे बिचमा सिडियो कार्यलयमा पीडित सहित मेयर मण्डल जाने बताएका छ्न ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…