जनकपुरमा Ncell सीम लिन विद्यार्थीहरुको भीड , अफर की विकृति ?
न्यूज ब्यूरो || जनकपुरधाम, २५ चैत्त । एनसेल एक्जियाटा कम्पनी प्रा.लि. ले ल्याएको १ रुपैयाँमा नयाँ सीम अफरमा जनकपुरमा विद्यार्थीहरुको भीड बढेको छ । जनकपुरको शिवचोक स्थित रहेको एनसेल सेन्टरमा विहानैदेखि एक रुपैयाँबाला सिम कार्ड लिनको लागि लाईन लागेका छन् । एईई परीक्षा दिएका विद्यार्थीहरुको लागि दिइएको

२०७४ चैत २५ आइतबार, दिउँसो ३:४० बजे१ मिनेट पढाइ


न्यूज ब्यूरो ||
जनकपुरधाम, २५ चैत्त । एनसेल एक्जियाटा कम्पनी प्रा.लि. ले ल्याएको १ रुपैयाँमा नयाँ सीम अफरमा जनकपुरमा विद्यार्थीहरुको भीड बढेको छ ।
जनकपुरको शिवचोक स्थित रहेको एनसेल सेन्टरमा विहानैदेखि एक रुपैयाँबाला सिम कार्ड लिनको लागि लाईन लागेका छन् ।
एईई परीक्षा दिएका विद्यार्थीहरुको लागि दिइएको यस अफरलाई मौकाको फाईदा उठाउँदै विद्यार्थीहरुले एनसेल सेन्टर भित्र र बाहिर गरी सडकमा समेत फाराम भर्ने गरेको
देखिएको छ ।

मात्र एक रुपैयाँमा सीमा पाउने भएपछि ती विद्यार्थीहरु गाउँ गाउँबाट आएर सीमको लागि विहानैदेखि घाममा बसिरहेका छन् ।
एकातर्फ सीम कार्डमा सहुलियत दिएपनि एईई विद्यार्थीहरुको लागि सीम भने नाकारात्मक रहेको टिकाटिप्पणी जानकारहरुले गरेका छन् ।

मात्र एक रुपैयाँमा सीम कार्ड दिएपछि विद्यार्थीहरुले अगाडी पढनको लागि पढाईमा ध्यान कम तथा मोबाईलमा धेरै दिनेभएपछि चिन्ता व्यक्त गरिएको छ ।
एनसेलको यो अफरलाई नाकारात्मक लिँदै विद्यार्थीहरुलाई ठग्ने र लत्त मात्रै लगाउने कार्य गरेको जानकारहरु बताउँछन् ।

विदाको अवधिभरि ती विद्यार्थीहरुले नाकारात्मक कदम चाल्ने सम्भावना उतिकै बढेको जनाइएको छ ।
एक रुपैयाँको सीम कार्ड विकृतिको रुप लिने दाबी गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…