कमला नदीको पटेर्वा घाटमा पनि डुङगा (नाउ) चल्नुपर्छ : वडाध्यक्ष अरगरिया
महाकाली नदी डेढ किलोमीटर झोलुङ्गे पुल सम्भव छ भने यहाँ पनि झोलुंगे पूलको आवश्यक महसुस भएको बातए । कार्यक्रममा सहायक प्रजिअ उपमेयर बबिता शाह,पुर्व संविधान सभा सदस्य आशा यादव,रेडक्रस सिरहाका सभापति राजदेव यादव,पुर्व प्र.अ. राम आशिष यादव लागयत बुद्धिजिवी,किसान,विद्यार्थी लगायत स्थानीयहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

२०७९ जेठ २५ बुधबार, बिहान ११:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष उमेश प्रसाद यादवले पटेर्वाको कमलामा डुङ्गा (नाउ) को व्यवस्था हुनुपर्ने बताएका छन ।
सिरहा नगरपालिका वडा नम्बर १७ स्थित रहेको आधारभुत विद्यालय पटेर्वामा आयोजित कृतिम अभ्यास कार्यक्रममा वडा अध्यक्ष यादवले सिरहा र धनुषा ओहोरदोहोरको साथ साथै खेतीपाती धनुषा जिल्लामै भएकोले जनतालाई निकै सास्ती भैरहेको बताए ।
सिरहा नगरपालिकाका नगर(प्रमुख डा।नवीन यादवलाई मंचमै डुङ्गा र झोलुंगे पुल अति आवश्यक भएकोले यसको लागि पहल गर्नुपर्ने बताए ।

बिकासको काम पनि केही दिनमै गति लिने प्रष्ट पार्दै अहिले सुरुवातको अवस्था भएकोले केही समय लाग्ने यादवले बताए ।
यस्तै त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका पुर्व केन्द्रिय सभापति योगेन्द्र नारायण बरबरियाले रेडक्रसको सिडि.एम.सि.को कार्यक्रम निकै उपयोगी रहेको बताए ।
कमलाको बाधको हाईट धैरै नै कम रहेको छ कम से कम ढेड मिटर हाईट माथी उठाउनु पर्ने र बाधलाई मजबुतिकरण भए हामी खतरा मुक्त हुनसक्छौ ।
महाकाली नदी डेढ किलोमीटर झोलुङ्गे पुल सम्भव छ भने यहाँ पनि झोलुंगे पूलको आवश्यक महसुस भएको बताए ।
कार्यक्रममा सहायक प्रजिअ उपमेयर बबिता शाह,पुर्व संविधान सभा सदस्य आशा यादव,रेडक्रस सिरहाका सभापति राजदेव यादव,पुर्व प्र.अ. राम आशिष यादव लागयत बुद्धिजिवी,किसान,विद्यार्थी लगायत स्थानीयहरुको उल्लेखनीय सहभागी रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…