हिन्दु धर्मगुरु आचार्यमाथि कसले गरयो गोली प्रहार ?
न्यूज ब्यूरो || जनकपुरधाम, २५ चैत्त । गोली लागेर घाइते भएका हिन्दु धर्म गुरु आचार्य श्रीनिवास खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ । आइतबार बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको जिल्ला प्

२०७४ चैत २५ आइतबार, दिउँसो ३:०२ बजे१ मिनेट पढाइ


न्यूज ब्यूरो ||
जनकपुरधाम, २५ चैत्त ।
गोली लागेर घाइते भएका हिन्दु धर्म गुरु आचार्य श्रीनिवास खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।

आइतबार बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो ।
उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।
हिन्दु धर्म गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार कसले गर्यो भनेर एकीन जानकारी आएको छैन तर, घटनास्थलमा ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा भेटिएको छ ।
त्यसैले गोली प्रहारमा पनि उसैको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
यस्तो छ पर्चा हेर्नुहोस ।

घटनास्थलबाट मँगोल आर्मीको चेतावनीपूर्ण पर्चा भेटाएको प्रहरीले जनाएको छ ।
पर्चामा ‘भारतको दलाली गर्नेहरुलाई ठेगान लगाउने अभियान’ शुरु गरेको उल्लेख छ । तर गोली प्रहार गरेको भनेर स्पष्ट रुपमा पर्चामा उल्लेख छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…