कमला नगरपालिकाः प्रहरी असई यादव आएपछि दिनहुँ घटना, हरेक घटनामा प्रहरी नै मोहरा
राजनीतिक प्रपँचको शिकार भएका असई यादवले आरोपित उम्काउन मोटो रकम लिने गरेको गुनासो पनि गरिएको छ ।

२०७९ जेठ १३ शुक्रबार, बिहान १०:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नम्बर १ को विभिन्न वस्तीमा लगभग दिनहुँ समाजिक अपराधका घटनाहरु मौलाउँदै गएको छ ।
आसन्न स्थानीय तहको चुनावी माहौलदेखि नै कमला नगरपालिका वडा नम्बर १, २ र ३ मध्ये वडा नम्बर १ मा निरन्तर अपराधिक घटनाहरु बढदै गएको छ ।
चुनावी माहौलमै चुनावअघि उम्मेदवार र उम्मेदवारको आफन्तमाथि भएको साँघातिक हमलाको घटना नसेलाउँदै निरन्तर रुपमा अपराधिक घटनाहरु हुँदै गएको छ ।
कमला नगरपालिकाको वडा नम्बर १ मा चुनावी मतपरिणाम आएलगत्तै ब लात्कारको घटना भयो । एक स्थानीय दलित महिलालाई हातखुट्टा बाँधेर यातना सहित ब लात्कार उद्योगको घटना सार्वजनिक भयो । ती घटनामा ईलाका प्रहरी कार्यालय खजुरी मातहतको प्रहरी चौकी माचिका असई दशरथ प्रसाद यादवको नाम जोडियो ।
ब लात्कार उद्योगको कसुरमा जाहेरी परी फरार रहेका आरोपीसँग माचि प्रहरी चौकीका असई यादवको साँठगाँठ रहेको आरोप स्थानीयहरुले लगाउँदै उनले नै फरार गर्न पनि मदत गरेको तथा अहिलेसम्म पक्राउ गर्न नसकेको आरोप लगाईयो ।
चुनावअघि नै एक उम्मेदवार र अर्का उम्मेदवारका बुवा (वर्तमान वडाध्यक्ष) माथि आक्रमण गरेको घटनामा प्रहरीले मौनता देखाएका छन् । यतिको दिन बितिसक्दा पनि प्रहरीले जाहेरी नलिनुप्रति शँका उब्जेको छ । सो घटनामा पनि प्रहरी चौकी माचीका असई दशरथ यादवले घटनालाई ढाकछोप र मुचुल्का बँग्याउन खोजेको आरोप पीडित परिवारको छ ।
कमला नगरपालिका वडा नम्बर १, २ र ३ को कार्यक्षेत्र पाएको प्रहरी चौकी माचिमा ईन्चार्जको रुपमा दशरथ यादव आएदेखि निरन्तर अपराधिक क्रियाकलापमा वृद्धि भएको तथ्याँक छ । समायन्तराललाई हेर्दा विगत १ महिनाको अन्तरालमा आधा दर्जन बढी अपराधिक घटनाहरु भएको छ ।
राजनीतिक प्रपँचको शिकार भएका असई यादवले आरोपित उम्काउन मोटो रकम लिने गरेको गुनासो पनि गरिएको छ । ग्रामिण भेकमा मिडियाको कम पहुँच र गाउँलेहरुमा प्रहरीको त्रास देखाएर अपराधीक समूहसँग मिलोमत्तो गरी घटनाहरु गराउने गरिएको आरोप छ ।
मातहतका प्रहरी कर्मचारीले नै यस्ता गतिविधिमा निरन्तर मुछिएपछि ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर निरन्जन घिमिरेमाथि पनि स्थानीयले प्रश्न तेर्साएको छ ।
धनुषा जिल्लामा कुशल प्रहरी नेतृत्वको रुपमा चिनिएका प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरे समक्ष समेत असई यादवको विरुद्ध मौखिक गुनासो गरिएपनि अझै कारवाहीमा पार्न नसकेको भन्दै स्थानीयले मिलोमत्तोको आरोप लगाएको छ ।
वडा नं. १ हथलेटवामा गएराती एक घरमा चोरी भएको छ । निर्वाचन मतपरिणाम घोषणा बेलादेखि नै निरन्तर रुपमा वडा नं. १ मा घटनाहरु हुँदै गएको छ । केही दिनकै अन्तरालमा आक्रमण, ब लात्कारका घटनाहरु सार्वजनिक भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…