सिरहाः पत्रकारसँग लफडा गरेका ट्राफिक प्रहरी जिल्ला तानिए
यद्यपी, यादवले भिडियो खिच्न थालेपछि ट्राफिकले पनि भिडियो तान्न सुरु गरेको थियो ।

२०७९ जेठ १२ बिहीबार, बिहान ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल पत्रकार महासँघ सिरहा शाखाका सचिव शिवदयाल यादवसँग कागजपत्रलाई लिएर विवाद गरेका ट्राफिक प्रहरी कारवाहीमा परेका छन् ।
सिरहाको सदरमुकाम सिरहास्थित नै डयुटीमा खटेको बेला महासँघका सचिव यादवसँग भएको विवादको कारण उनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहान तानिएको छ ।
ट्राफिक प्रहरी जवान चन्द्रशेखर साहले गत मँगलबार दिउँसो करिब ४ बजेको समयमा सुरक्षा चेकिँगको क्रममा सिरहा नगरपालिका वडा नम्बर ७ स्थित चेकजाँचको क्रममा कागजपत्र मागेपछि विवाद भएको थियो ।
महासँघका सचिव यादवसँग त्यतिबेला भौतिक कागजपत्र नभएको तथा मोबाईलमा बिलबुकको फोटो र प्रिन्ट मात्र भएको भन्दै ट्राफिकले सक्कल बिलबुक र लाईसेन्स माग गरेपछि विवाद चर्किएको थियो ।
सो क्रममा ट्राफिक प्रहरी साहले महासँघका सचिव यादवसँग दुरव्यवहार समेत गरेको भिडियोमा देखिएको छ । यद्यपी, यादवले भिडियो खिच्न थालेपछि ट्राफिकले पनि भिडियो तान्न सुरु गरेको थियो ।
सो क्रममा ट्राफिक प्रहरी जवान साहले प्रहरीको अनुशासन विपरित तवरले बोल्दै गरेको भिडियोमा प्रत्यक्ष हेर्न सकिन्छ । सानो विवादपछि पत्रकार यादवको मोबाईल र मोटरसाईकल दुवै खोसेका ट्राफिकलाई सोधपुछ र अनुसन्धानको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय तानिएको ट्राफिक प्रहरी ईन्सपेक्टर टिकेन्द्र श्रेष्ठले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…