मेयर यादवले गराएर पद तथा गोपिनियताको सपथ
चुनावमा हार्ने भन्दा जित्नेको काँधमा बढी जिम्मेवारी थपिएको छ ।

२०७९ जेठ १० मंगलबार, दिउँसो १२:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको गोडैता नगरपालिकाले निर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपिनियताको शपद गराएको छ ।
मँगलबार गोडैता नगरपालिका स्थित श्री वेणी भोला नमुना माध्यमिक विधालय को प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि मेयर देवेन्द्र यादव ले पद तथा गोपनियताको शपद गराएको हो ।
गोडैता नागरपालिका वार्ड न।१ र २ मा वडाअध्यक्ष पदमा माओवादी केन्द्र का सुजित महतो र अजय प्रसाद साह, ३, ४, ५,७ र १२ मा लोसपाकै क्रमशः विजय प्रसाद यादव, राजा राम साह, प्रकाश गुप्ता, छोटेलाल दास र गुड्डु यादव,
६ र ९ मा नेपाली कांग्रेसकै सलेन्द्र कुशवाहा र दसैं सहनी, ८, १० र ११ मा एमालेका मिरेन्द्र झा, वैधनाथ मण्डल र विश्वनाथ पंडित, उपमेयर अन्जना कुशवाहा सहित वडासदस्यहरुले शपदग्रहण गरेका हुन ।
कार्यक्रममा बोल्दै गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले चुनावमा जीत र हार स्वाभाविक प्रक्रिया रहेको बताए । चुनावमा हार्ने भन्दा जित्नेको काँधमा बढी जिम्मेवारी थपिएको छ ।
विभिन्न फरक फरक पार्टीबाट चुनाव लडेपनि जितेपछि पार्टी र जातिबाट माथी उठेर समाज र जनताका हितका लागि कार्य गर्न सबैमा अपिल गरे ।
हामी बितेको कार्यकालमा पनि बहुमतिय प्रणालीमा गएनौ । गएको ५ सालको अवधीमा पनि गोडैता नगरपालिका सर्वसहम्मतले चलेर आफनो एउटा छुटै पहिचान बनाउन सफल भएको छ, उनले । अगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरे ।
नगरपालिकाका १२ वटै वाडका वडाअध्यक्ष, उपमेयर, प्रत्येक वडाका ४ वटा सदस्य गरि जम्मा ६१ जनाले शपद ग्रहरण गरेको गोडैता नगरपालिकाले जनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…