उमेश बचाउ अभियानको हरहिसाब अझै अपारदर्शी, रायको सँस्थाको बैँक खाता सरकारले गरिदियो बन्द
सरोज रायले उमेश बचाउ अभियानको लागि गरेको प्रयासको सराहना गरिएको छ ।

२०७९ जेठ १० मंगलबार, बिहान ९:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका उमेश बचाउ अभियानमा उठेका रकमको पारदर्शीता अझै गरिएको छैनन् । एनजिओकर्मी सरोज रायले उमेश बचाउ अभियानको हरहिसाब अझै पारदर्शी गरेका छैनन् ।
गत बर्षको चैत्त महिनाभित्रै उमेश बचाउ अभियानको हरहिसाब पारदर्शी गर्ने भनेर मिडियाबाजी गरेका सरोज रायले अहिलेसम्म पुख्ता हरहिसाब सार्वजनिक गर्न सकेका छैनन् ।
केही दिन अघि जनकपुरधामस्थित नेपाल पत्रकार महासँघ धनुषा शाखामा पत्रकार सम्मेलनको आयोजना गरी कथित रुपमा नक्कली र अपारदर्शी हरहिसाब सार्वजनिक गर्न खोज्दा पत्रकारहरुले विरोध जनाएका थिए ।
बिना आधार र प्रमाणकै आफूखुसी डायरीमा लेखेको बेतुका खर्चहरु देखाउन थालेपछि उपस्थिति पत्रकारहरुले उनलाई पुख्ता र प्रमाणसहित पेश गर्न भनेपछि उनले पेश गर्न सकेनन् ।
उमेश बचाउ अभियानमा रकम जम्मा गर्न प्रयोग गरिएको ग्रोविँग नेपाल फाउण्डेशनको खाताको बैँक स्टेटमेन्ट सार्वजनिक गर्न पत्रकारहरुले दबाब दिएपछि उनी त्यहाँबाट भागेका थिए ।
उमेश बचाउ अभियानमा रकम जम्मा गर्नुअघि उनले हरेक दिन समाजिक सँजालमा बैँकको बैँक स्टेटमेन्ट जारी गर्ने झुठो बयानबाजी गर्दै फर्जी सेन्टीमेन्ट खडा गरी रकम असुलेका थिए ।
उनी आफैँ हरेक दिन खातामा जम्मा हुने रकमको पारदर्शीताको लागि बैँक स्टेटमेन्ट फेसबूकमा पोष्ट गर्ने भनेपनि गर्न सकेनन् । उमेश बचाउ अभियानको झण्डै ४ बर्षपछि उनले फर्जी हरहिसाब देखाउन खोजेपछि सँचारकर्मीहरुले बैँक स्टेटमेन्ट खोजेपछि उनी भागेका थिए ।
पत्रकार सम्मेलनको क्रममा सरोज रायले विदेशबाट पठाइएको रकम जम्मा भएको बैँक खाता डोरमेट अर्थात बन्द भएको स्वीकारे । विगत ४ बर्षदेखि नियतवंश नविकरण नगर्दा सरकारले सरोज राय एकल शेयरधनी रहेको ग्रोविँग नेपाल फाउण्डेशनको खाता सरकारले बन्द गरिदिएको छ । लामो समयदेखि बैँक खाताबाट कारोवार नहुँदा पनि बैँकले खाता डोरमेन्ट गरिदिने प्रावधान छ ।
गैर–सरकारी सँस्था रहेको ग्रोविँग नेपाल फाउण्डेशनको अडिट (लेखापरीक्षण) समेत विगत ४ बर्षदेखि नगरेको पाईएको छ । यस अनुसार उनले सरकारको ठुलो रकमको राजस्व घप्ला गरेको अनुमान गरिएको छ । सरकारलाई बुझाउनुपर्ने कर छली गर्दै जरिवाना र कर तिर्नुपर्ने डरले उनले नविकरण समेत गराएका छैनन् ।
विदेशमा बस्ने नेपालीहरुले एक छाट टारेर उमेश बचाउको लागि पठाएको रकमको सदुपयोग हुनुपर्ने धारणा सहयोगीहरुको छ । यद्यपी, यसअघि ३४ लाख रुपैयाँ जति मात्र खर्च हुने भन्दै आएका रायले डायरीमा लेखे अनुसार ५० लाख रुपैयाँ खर्च भएको सुनाएका थिए ।
सरोज रायले उमेश बचाउ अभियानको लागि गरेको प्रयासको सराहना गरिएको छ । यद्यपी, समाजसेवी भनाउँदा आफैँ पारदर्शी भएपछि झन विश्वास बढने र अन्य घटनाहरुमा पनि सहयोगी हातहरुले तुरुन्त तयार हुने वातावरण सृजना गर्न सुझाव पनि दिइएको छ ।
यसअिघ विवेकशिल नेपाल पार्टीका उज्वल थापा बचाउ अभियानमा उठेको रकम उनको देहान्तपछि भोलीपल्ट नै हरहिसाब सार्वजनिक गरी दाताहरुलाई फिर्ता गरिएको थियो । जसले अभियान पूर्ण पारदर्शी हुँदा उनीहरुले अरुलाई पर्दा सहयोगको अपिल गर्दा तुरुन्त सहयोगी हातहरु तयार हुने गरेको छ ।
अहिले केही महिनादेखि सरोज रायले फेसबुकमै कमाउँदै आएको सेन्टीमेन्ट पनि घटदै गएको छ भने सहयोगको लागि अपिल गर्दा उनलाई टिप्पणीमै गाली समेत गर्दै अविश्वास जनाउने गरिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…