जनकपुरः ५ बर्षीय बालकलाई बलात्कार, भोँट नदिदाँ बलात्कार गराएको आरोप
बालकको मलद्धार फाटेको अवस्था रहेको स्थानीयहरुले जनाएको छ ।

२०७९ जेठ ८ आइतबार, राति १०:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक पाँच बर्षिय बालकलाई बलात्कार भएको घटना बाहिर आएको छ ।
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ अन्दुपट्टिस्थित एक पाँच बर्षिय बालकलाई बलात्कार भएको घटना बाहिर आएको हो । आईतबार साँझ सो घटना बाहिरिएको हो ।
आईतबार दिउँसो करिब ४ बजेको समयमा स्थानीय स्थानीय श्रीनारायण यादवको छोरा अन्दाजी बर्ष २० को चन्दन कुमार यादवले सोही स्थान बस्ने एक बालकलाई बलात्कार गरेको परिवारजनको आरोप छ ।
बालकको मलद्धार फाटेको अवस्था रहेको स्थानीयहरुले जनाएको छ । बालकको मलद्धार च्यातिएको तस्विरहरु समेत स्थानीयहरुले राखेका छन् । उनको उपचार अहिले प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।
मिथिलाबिहारी नगरपालिका वडा नम्बर ९ का दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष विन्देश्वर यादवले सो घटना गराएको आरोप परिवारजनले लगाएको छ ।
विगतदेखि नै वडाध्यक्षको लागि काम गर्दै आएका पीडित बालकका बुवाले यसपालीको चुनावमा उनलाई मदत नगर्ने निर्णय गरेपछि उनलाई चुनाव अवधीदेखि नै धम्काउँदै आएको बताइएको छ ।
वडाध्यक्षको साथ छोडेपछि पीडित बालकका बुवालाई वडाध्यक्षले विभिन्न तवरले धम्काउँदै आएको आरोप सहित आईतबार विजयी जुलुस निकालेर छोरालाई बलात्कार गराएको आरोप उनको बुवाले लगाएका छन् ।
स्थानीय चन्दन यादवले बलात्कार गर्दा उनलाई समात्न जाँदा पीडितको बुवालाई वडाध्यक्षका आसेपासेहरुले कुटपिट गरेको आरोप छ । सो घटनालाई यही मिलाउन वडाध्यक्षले दबाब दिएको आरोप छ ।
घटनालाई लिएर प्रहरीमा जान्छु भनेपछि वडाध्यक्ष यादवले उनको बुवालाई कुटपिट गर्न लगाएको पीडितको गुनासो छ । बालकको मलद्धारमा गहिरो चोट लागेकोले उनको उपचार अस्पतालमा जारी छ ।
अहिले आरोपित युवकलाई प्रहरी चौकी तारापट्टिमा राखिएको छ भने नव निर्वाचित वडाध्यक्ष यादवले उनलाई छुटाउन दबाब बनाउन थालेको स्थानीयहरु बताएका छन् । यद्यपी, प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
विनय कुमार यादव
सह-सम्पादक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…