सिरहाको नरहा गाउँपालिका अध्यक्षमा एमालेका रामप्रमोद यादव निर्वाचित
चौधरीले २ हजार ५७१ मत पाएकी छिन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी अरहुल्ला देवी यादवले २ हजार ३२३ र जनता समाजवादी पार्टी नेपालीकी फूलोदेवी यादवले २ हजार १०४ मत प्राप्त गरेकी छिन्।

२०७९ जेठ ६ शुक्रबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिराहाको नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँपालिका अध्यक्षमा एमालेका रामप्रमोद यादव १ सय ७८ मत अन्तरले निर्वाचित भएका छन् ।
उनले २ हजार ६९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका राम सोगारथ यादवले २ हजार ५१७ र कांग्रेसका कौशल मण्डलले २ हजार ११४ मत प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्षमा एमालेकै गुलाव देवी चौधरी निर्वाचित भएकी छिन्। चौधरी २ सय ४८ मत अन्तरले दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।
चौधरीले २ हजार ५७१ मत पाएकी छिन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी अरहुल्ला देवी यादवले २ हजार ३२३ र जनता समाजवादी पार्टी नेपालीकी फूलोदेवी यादवले २ हजार १०४ मत प्राप्त गरेकी छिन्।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले नरहा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष जितेको थियो। त्यसलाई यसपाली पनि निरन्तरता दिन सफल भएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…