धनुषाको धारापानीमा बारुद विस्फोट, एक जनाको हात फाट्यो
न्यूज ब्यूरो || जनकपुरधाम, २२ चैत्त । आज विहानै धनुषाको धारापानीमा बारुद विस्फोट भएको छ । धनुषाधाम नगरपालका वडा नं. ९ धारापानी भिमानमा भएको बम विस्फोटमा परी एक महिलाको हात फाटेको जनाइएको छ । पान परागको बट्टामा बारुद हालेर विस्फोट गराइएको भन्दै विस्फोटमा परी स्थानीय ६४ बर्षिय तिर्थमाया तामाङगको हातमा

२०७४ चैत २२ बिहीबार, बिहान ९:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २२ चैत्त । आज विहानै धनुषाको धारापानीमा बारुद विस्फोट भएको छ ।
धनुषाधाम नगरपालका वडा नं. ९ धारापानी भिमानमा भएको बम विस्फोटमा परी एक महिलाको हात फाटेको जनाइएको छ ।
पान परागको बट्टामा बारुद हालेर विस्फोट गराइएको भन्दै विस्फोटमा परी स्थानीय ६४ बर्षिय तिर्थमाया तामाङगको हातमा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिँहले न्यूज ब्यूरोसँग भने ।
भिमानमा रहेको जँगल भित्र विस्फोट भएको भन्दै विस्फोटमा परी घाईते भएकी तामाँगलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको एसपी सिँहले जनाए ।
बम को र किन विस्फोट गराएको हो भन्ने यकिन हुन नसकेको हो भने यस घटनाको बारेमा थप जानकारी आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…