कमला वडा नं. ६ मा काँग्रेसका समसुल मियाँ दोस्रो पटक पुरै प्यानलसहित निर्वाचित
वडा नम्बर ६ को अन्तिम मतपरिणाम आए लगत्तै कमला नगरपालिकाको नगर प्रमुखमा विशेश्वर यादवले भारी मतान्तरले अग्रता लिएका छन् । वडा नं. ६ मै विशेश्वर यादवले ६४० मत प्राप्त गर्न सफल भएका छन् भने उपमेयर शिला देवी मण्डलले ६४५ मत प्राप्त गर्न भएकी हुन् ।

२०७९ जेठ ४ बुधबार, दिउँसो ३:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको वडा नम्बर ६ मा पुनः नेपाली काँग्रेसका समसुल मियाँ मोमिन निर्वाचित भएका छन् ।
यसअिघ ५ बर्ष स्थानीय सरकार चलाएका समसुल मियाँले पुनः दोस्रो पटक वडाध्यक्षको रुपमा निर्वाचित भएका छन् । बुधबार भएको वडा नम्बर ६ को मतगणनाको क्रममा उनी ६६४ मत ल्याएर निर्वाचित भएका छन् ।
यस्तै, उनका निकटम प्रतिद्धन्द्धी एमालेका देवन महतो ५८१ मत ल्याएका छन् भने जसपाका बाले महतो कोईरी ४५६ मत प्राप्त गरेका छन् । कलम छापबाट राजकिशोर महतो भने १०० मत प्राप्त गरेका छन् ।
वडा नम्बर ६ को अन्तिम मतपरिणाम आए लगत्तै कमला नगरपालिकाको नगर प्रमुखमा विशेश्वर यादवले भारी मतान्तरले अग्रता लिएका छन् । वडा नं. ६ मै विशेश्वर यादवले ६४० मत प्राप्त गर्न सफल भएका छन् भने उपमेयर शिला देवी मण्डलले ६४५ मत प्राप्त गर्न भएकी हुन् ।
सो वडामा जसपाले भने मेयरको लागि पशुपति यादव ३७७ मत र उपमेयरले भने ४०१ मत प्राप्त गरेको हो । सो वडामा मेयरको लागि सूर्य छाप ६४९ मत प्राप्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…