धनुषाको विदेह नगरपालिकाको मेयरमा पुनः बेचन दास विजयी, उपमेयरमा एमालकै झा विजयी
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको मेयरमा बेचन दास पुनः दोस्रो कार्यकालको लागि विजयी भएका छन् । मँगलबार सम्पनन मतगणनाको परिणामपछि नेकपा एमालेबाट उम्मेदवारी दिएका बेचन दास पुनः विदेह नगरपालिकाको मेयरमा विजयी भएका हुन् । उनले कुल ४४२६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द

२०७९ जेठ ३ मंगलबार, बेलुकी ६:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको मेयरमा बेचन दास पुनः दोस्रो कार्यकालको लागि विजयी भएका छन् ।
मँगलबार सम्पनन मतगणनाको परिणामपछि नेकपा एमालेबाट उम्मेदवारी दिएका बेचन दास पुनः विदेह नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।
उनले कुल ४४२६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी राजकिशोर रोहिता (यादव) ले कुल ३४२६ मत ल्याएका छन् भने काँग्रेसबाट योगेन्द्र यादवले कुल १८१८ मत ल्याएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार एवम् पूर्व एसएसपी गोविन्द साहले कुल १७४१ मत ल्याउन सफल भएका छन् ।
विदेह नगरपालिकाको उपमेयरमा एमालकै की आशा झा विजयी भएकी हुन् । उनले कुल ४६५९ मत ल्याएर विजयी भएकी हुन भने उनकी निकटतम प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीकी सँजना अधिकारी कुल २८२७ मत ल्याएकी हुन् ।
मेयरमा पुनः बेचन दास विजयी भएपछि प्रत्यासी मेयर राजकिशोर यादव र प्रत्यासी उपमेयर सँजना अधिकारी एवम् विजयी भएकी आशा देवी झाले एक अर्कालाई फूल माला लगाएर सदभाव साटासाट गरेका छन् ।
विदेह नगरपालिकाको अन्तिम नतिजा

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…