धनुषाको जनकनन्दिनी गाउँपालिका अध्यक्षमा जसपाका दिपिन देव यादव विजयी
जसपाबाट जनकनन्दनी गाउँपलिकाको अध्यक्ष पदका उम्मेदवार दिपिन देव यादव विजयी भएका हुन ।

२०७९ जेठ ३ मंगलबार, बिहान ७:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) बाट दिपिन देव यादव विजयी भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) ले धनुषामा एक पालिका जितेको छ । जिल्लाका अन्य पालिकाहरुको मतगणना भइरहेको वेला जसपाले जनकनन्दनी गाउँपलिकाको अध्यक्ष पद जितेर खाता खोल्न सफल भएको हो ।
जसपाबाट जनकनन्दनी गाउँपलिकाको अध्यक्ष पदका उम्मेदवार दिपिन देव यादव विजयी भएका हुन । यादव तीन हजार एक सय ५७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेश कुमार चौधरीले दुई हजार ७ सय ७८ मत ल्याएको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…