कमला नगरपालिकाको मेयरमा जसपाको अग्रता कायमै
वडा नं. ८ को मतगणना अन्तिम चरणमा रहेकोमा नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ ।

२०७९ जेठ ३ मंगलबार, बिहान ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पशुपति यादवको अग्रता कायमै रहेको छ ।
कमला नगरपालिका वडा नम्बर १, २, ३ र ९ को मतगणना अनुसार जसपाका पशुपति यादले कुल १८१५ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने १३५५ मत ल्याएर नेपाली काँग्रेसका विशेश्वर यादव दोस्रो स्थानमा रहेका छन् ।
यस्तै माओवादी तेस्रो स्थानमा रहेका छन् भने एकिकृत समाजवादी चौथो स्थानमा रहेका छन् । वडा नं. १, २ र ३ मा यसअघि जसपाको सरकार रहेको थियो । वडा नं. ९ मा काँग्रेसको सरकार थियो ।
अब वडा नं. ४, ५, ६ र ७ को मतगणना हुन बाँकी छ भने वडा नं. ८ को मतगणना अन्तिम चरणमा रहेकोमा नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…