कमला नगरपालिका वडा नम्बर ३ मा माओवादीको जीत, जसपाको तेस्रो विकेट डाउन
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाबाट जसपाले अहिले सम्म तीनवटा वडामा हार बेहोरेका छन् । कमला नगरपालिकाको वडा नम्बर १, २, ३ र ८ मा यसअघि जसपाको सरकार रहेको वडाहरुमा अन्य पार्टीहरुले बाजी मारेका छन् । सोह क्रममा कमला नगरपालिकाको वडा नम्बर ३ मा नेपाल कम्यूनिष्ट पार्टी (माओवादीं) ले विजयी

२०७९ जेठ ३ मंगलबार, बिहान ७:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाबाट जसपाले अहिले सम्म तीनवटा वडामा हार बेहोरेका छन् । कमला नगरपालिकाको वडा नम्बर १, २, ३ र ८ मा यसअघि जसपाको सरकार रहेको वडाहरुमा अन्य पार्टीहरुले बाजी मारेका छन् ।
सोह क्रममा कमला नगरपालिकाको वडा नम्बर ३ मा नेपाल कम्यूनिष्ट पार्टी (माओवादीं) ले विजयी हाँसिल गरेको छ । माओावदीका राम भगत यादवले समाजवादी केन्द्रबाट एक मत अधिक ल्याएर विजयी भएका छन् ।
वडा नम्बर ३ मा माओवादीबाट ३८३ मत ल्याएर पर्सा बस्ने राम भगत यादव (भक्ती) एक मतले विजयी भएका छन् । उनले समाजवादी पार्टी (कलम छाप) बाट उम्मेदवारी दिएकी सीता देवी ठाकुरलाई १ मतले पराजित गरेको हो ।
यसअघि वडा नम्बर ३ मा जसपाको सरकार रहेकोमा बर्षौदेखि राजनीतिमा सबै थोक गुमाएका नेता हरिशचन्द्र ठाकुरकी श्रीमति सीता देवी ठाकुरलाई कलम छापबाट वडाध्यक्षमा टिकट दिइएको थियो । उनी मात्र एक मतले पराजित भएकी हुन् । उनी ३८२ मत प्राप्त गरेकी हुन् ।
जनता समाजवादी पार्टी (जसपा) का विशेश्वर यादव सो वडामा ३४२ मत ल्याएर तेस्रो नम्बरमा रहँदै आएका थिए ।
यस्तै, सोही वडामा जनमत पार्टीका मनोज कुमार बनरैत २५९ र नेपाली काँग्रेस २५४ मत प्राप्त गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…