सर्लाहीको हरिपूर्वा वडा नं. ५ को वडाध्यक्षमा काँग्रेस विजयी
यस्तै, साहको प्यानलबाट तीन जना वडासदस्य समेत विजयी भएको हो । नेपाली काँग्रेसबाटै वडा सदस्यमा महावीर ठाकुर, महिला वडासदस्यमा रामशिला कुमारी यादव र दलित महिला सदस्यमा जैलस देवी चमार विजयी भएकी हुन् ।

२०७९ जेठ २ सोमबार, बेलुकी ५:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा काँग्रेसबाट विजय भुषण प्रसाद साह विजयी भएका छन् ।
सोमबार मतपरिणाम आउँदा उनले काँग्रेसबाट कुल ७२५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनको निकटम प्रतिद्धन्द्धी जसपाका मोहन राय यादव कुल ६४१ मत ल्याएर पराजित भएका हुन्
यस्तै, साहको प्यानलबाट तीन जना वडासदस्य समेत विजयी भएको हो । नेपाली काँग्रेसबाटै वडा सदस्यमा महावीर ठाकुर, महिला वडासदस्यमा रामशिला कुमारी यादव र दलित महिला सदस्यमा जैलस देवी चमार विजयी भएकी हुन् ।
यस्तै, मेयर पदमा नेपाली काँग्रेसकै विनोद कुमार साह तेलीले ३७०१ मत ल्याएर अग्रता कायमै राखेका छन् । जसपाको उम्मेदवार भन्दा भारी मतान्तरले साह अग्रता लिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…