कमला नगरपालिका वडा नं. ९ मा मेयरमा काँग्रेस र वडामा कमल फूलको अग्रता कायमै
यस्तै कलम छाप भने तेस्रो स्थानमा रहेको छ भने सूर्यछाप चौथो र पाँचौ स्थानमा हरन छाप रहेको छ ।

२०७९ जेठ १ आइतबार, दिउँसो १:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर ९ को जारी मतगणनाको मतपरिणाम अनुसार नेपाली काँग्रेसको अग्रता कायमै छ ।
प्राप्त जानकारी अनुसार, वडा नम्बर ९ को गणना भएको कुल मत ९०० मध्ये नेपाली काँग्रेसले मेयरको लागि १८८ मत ल्याएर अग्रता कायम राखेको छ ।
यस्तै, उपमेयरको लागि काँग्रेसबाट १८८, वडाध्यक्षको लागि १७७ मत प्राप्त भएको हो ।
वडा नं. ९ मा कमलको फूल छापबाट स्वतन्त्र उम्मेदवारी भएको सो चिन्हले रुखको प्रतिद्धन्द्धी देखिएको छ । कमलको फूल छापले मेयरमा १६३ मत, उपमेयरमा १५९ र वडाध्यक्षमा १९६ मत ल्याएर अग्रता कायम गरेको छ ।
यस्तै कलम छाप भने तेस्रो स्थानमा रहेको छ भने सूर्यछाप चौथो र पाँचौ स्थानमा हरन छाप रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…