जनकनन्दिनी गाउँपालिका वडा नं. २ मा काँग्रेसको पुरै प्यानल विजयी, अध्यक्षमा काँग्रेसकै अग्रता
न्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर २ मा नेपाली काँग्रेसको पुरै प्यानल नै विजयी भएको छ । दिवगँत अब्दुल वारिक शेषका छोरा अब्दुल मालिक वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट २०७४ सालको चुनावमा निर्वाचित भई गाउँपालिकाको अध्यक्ष पद सम्हालेका अब्दुल बारिक शेखका छोरा

२०७९ जेठ १ आइतबार, दिउँसो १२:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर २ मा नेपाली काँग्रेसको पुरै प्यानल नै विजयी भएको छ ।
दिवगँत अब्दुल वारिक शेषका छोरा अब्दुल मालिक वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट २०७४ सालको चुनावमा निर्वाचित भई गाउँपालिकाको अध्यक्ष पद सम्हालेका अब्दुल बारिक शेखका छोरा वडाध्यक्षमा पुरै प्यानलसहित नै विजयी भएको हो ।
जनता समाजवादी पार्टीका अशोक कुमार मण्डललाई ७० मतले हराउँदै मालिक विजय भएका हुन। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा पनि बल्हा गोठमा काङ्ग्रेस कै अग्रता रहेको छ ।
मतगणनाको परिणाम :
नेपाली काङ्ग्रेस (रुख छाप)
गाउँपालिका अध्यक्ष — ६४८ गाउँपालिका उपाध्यक्ष — ६२९ वडा अध्यक्ष — ५९७
जनता समाजवादी पार्टी (छाता छाप)
गाउँपालिका अध्यक्ष — ५३५ गाउँपालिका उपाध्यक्ष — ५१० वडा अध्यक्ष — ५२७
लोकतान्त्रिक समाजवादी पार्टी (साइकल छाप)
गाउँपालिका अध्यक्ष — २५१ गाउँपालिका उपाध्यक्ष — २५९ वार्ड अध्यक्ष — २८०
एकीकृत समाजवादी पार्टी (कलम छाप)
गाउँपालिका अध्यक्ष — १२७ गाउँपालिका उपाध्यक्ष — १४७ वडा अध्यक्ष — १४४
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र (हसुवा हथौडी छाप
गाउँपालिका अध्यक्ष - १२ गाउँपालिका उपाध्यक्ष - १७ वडा अध्यक्ष - ६
नेकपा एमाले (सुर्य छाप)
गाउँपालिका अध्यक्ष — ६ गाउँपालिका उपाध्यक्ष — ३ वडा अध्यक्ष — १
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…