कमला नगरपालिकाको वडा नं. १ मा माओवादीले जसपालाई पछारे
यस्तै जनमत पार्टीको हरन छापले मेयरमा कुल ४ मत प्राप्त गरेको छ ।

२०७९ बैशाख ३१ शनिबार, बेलुकी ६:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा मतगणना सुरु भएपछि अहिलेसम्म कुल १४२ मत गणना हुँदा माओवादी केन्द्रको मत अग्रता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, वडा नं. १ मा कुल गणना भएको १ सय ४२ मतमा माओवादी केन्द्रले मेयरमा ६३ मत प्राप्त गरेका छन् भने जसपाले मात्र ३१ मत प्राप्त गरेको छ ।
सूर्य छापले मेयरको लागि अहिलेसम्म कुल १४ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले १५ मत मात्र प्राप्त गरेको छ । यस्तै जनमत पार्टीको हरन छापले मेयरमा कुल ४ मत प्राप्त गरेको छ ।

कमला नगरपालिका वडा नम्बर १ मा माओवादीबाट सर्वदेव यादव र जसपाबाट राजकुमार यादवले वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् । राजकुमार यादव निवर्तमान वडाध्यक्ष समेत रहेका छन् ।
उपमेयरमा माओवादीको ६३ मत, जसपाको ३३ मत रहेको छ । यस्तै वडाध्यक्षमा माओवादीको ८८ मत र जसपाको ३८ मत रहेको छ । जनमत (हरण) को उमपेयरमा १३ र वडाध्यक्षमा ६ मत प्राप्त भएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार रुपेश रानको गुलाब छापको २ मत प्राप्त भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…