धनुषाको कमला नगरपालिकामा चर्को विरोधको बाबजुद मतगणना सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा चर्को विरोधको बाबजुद भर्खरै मतगणना सुरु भएको छ । कमला नगरपालिकाको वडा नम्बर १ र ९ को मतपेटिका खोल्दै मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मावतार कोईरालाले जानकारी दिएका छन् । मतदान केन्द्रबाट आएका मतपेटिका एउटा एउटा गरी मात्र खोल्नुपर्ने अडा

२०७९ बैशाख ३१ शनिबार, दिउँसो ४:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा चर्को विरोधको बाबजुद भर्खरै मतगणना सुरु भएको छ ।
कमला नगरपालिकाको वडा नम्बर १ र ९ को मतपेटिका खोल्दै मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मावतार कोईरालाले जानकारी दिएका छन् ।
मतदान केन्द्रबाट आएका मतपेटिका एउटा एउटा गरी मात्र खोल्नुपर्ने अडान राखेका केही पार्टीका प्रतिनीधि तथा स्थानीय जनताहरुले समेत अडान लिएपछि मतगणना प्रभावित भएको थियो ।
सो क्रममा सँचारकर्मीलाई समेत प्रवेश निषेध गरेपछि नागरिकहरु झन आक्रोसित बनेका थिए । अहिले वडा नं. १ र ९ को मतपेटिका गणना हुँदैछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…