धनुषाधाम र विदेह नगरपालिकामा सूर्य अगाडी
यस्तै, धनुषाको विदेह नगरपालिकामा पनि सूर्य छाप नै अग्रता लिएको छ ।

२०७९ बैशाख ३१ शनिबार, दिउँसो ३:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुुरधाम । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका र विदेह नगरपालिकाको ताजा मतपरिणाम अनुसार सूर्य छाप (एमाले) पार्टी अगाडी रहेको छ ।
धनुषाधाम नगरपालिकामा अहिलेसम्म भएको ६०० मतगणना हुँदा मेयरमा सूर्यले १७५, रुखमा ९७ र माओवादी केन्द्रले ११४ तथा जसपाले ८१ मत प्राप्त गरेको छ ।
उपमेयरमा सूर्यले १६८ वडाध्यक्षमा १६० मत प्राप्त गरेको छ । वडा नं. १ को मत गणना अहिले भईरहेको छ ।
रुखले उपमेयरमा ९५ र वडाध्यक्षले ९६ मत प्राप्त गरेको छ भने जसपाले उपमेयरमा १०६ र वडाध्यक्षमा १३७ मत प्राप्त गरेको छ ।
यस्तै, धनुषाको विदेह नगरपालिकामा पनि सूर्य छाप नै अग्रता लिएको छ । अहिलेसम्म भएको ९०० मत गणनामा सूर्य ३२४ र कलम २३० मत प्राप्त गरेको छ । यो आँकडा मेयरको उम्मेदवारको हो ।
उपमेयरमा सूर्यले ३५५ र कलमले २०१ मत प्राप्त गरेको छ । स्वतन्त्रबाट लालटिन छापले १२७ मत प्राप्त गरेको छ । सूर्य छापबाट पुनः निवर्तमान मेयर बेचन दासले नै उम्मेदवारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…