धनौजी गाउँपालिका ५ मा नेपाली काँग्रेस अगाडी, माओवदीको पत्ता साफ
यस्तै, लोसपा साईकल छापको अध्यक्षको ९० मत, उपाध्यक्षको ६४ र वडाध्यक्षलाई ४५ मत गणना भएको छ ।

२०७९ बैशाख ३१ शनिबार, दिउँसो ३:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको वडा नं. ५ को मतगणना अझै जारी रहेको छ ।
ताजा मतपरिणाम अनुसार, वडा नं. ५ मा जम्मा ६२१ मत गणना हुँदा नेपाली काँग्रेसको अध्यक्षको १३०, उपाध्यक्षको १३३, वडाध्यक्षको १८४ र वडासदस्यहरुको पनि सोही अनुसार मत रहेको छ ।
एमालेको अध्यक्षको लागि १११, उपाध्यक्षमा १३७ र वडाध्यक्षको १०४ मत रहेको छ । जसपाको अध्यक्षको ११४, उपाध्यक्षको १२१ र वडाध्यक्षको १४६ मत रहेको छ ।
यस्तै, माओवादीको अध्यक्ष, वडाध्यक्षलाई शून्य मत परेको छ भने उपाध्यक्षलाई मात्र ३ मत परेको छ । वडा नं. ५ को मतपरिणाम अनुसार माओवादीको पत्ता नै साफ भएको देखिन्छ ।
यस्तै, लोसपा साईकल छापको अध्यक्षको ९० मत, उपाध्यक्षको ६४ र वडाध्यक्षलाई ४५ मत गणना भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…