राजनीतिक दलका प्रतिनीधिहरुको अडानपछि कमला नगरपालिकाको मतगणना प्रभावित
वडाको मतगणना अलग–अलग गर्ने ः गाउँपालिका वा नगरपालिकाको निर्वाचनको मतगणना गर्दा प्रत्येक वडाको मतगणना अलग–अलग रूपमा गर्नु पर्नेछ । तर गाउँपालिका वा नगरपालिकाको कुनै वडामा एकभन्दा बढी मतदान केन्द्र कायम भई मतदान भएको अवस्थामा सो वडाको कम्तीमा दुईवटा मतदान केन्द्रका मतपेटिका एकै ठाउँमा मिसाई मतगणना गर्नु पर्नेछ ।– लेखिएको छ ।

२०७९ बैशाख ३१ शनिबार, दिउँसो २:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन् ।
कमला नगरपालिकाको वडा नं. १ बाट मतपत्र गन्ती हुने सर्वदलिय सहमति भएपनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को अडानपछि मतगणना प्रभावित भएको हो ।
स्थानीय तह निर्वाचनको मतगणना निदेशिकामा कुनै पनि वडामा दुई मतदान केन्द्र रहेमा दुवै ठाउँको मतपेटिका मिसाएर मात्र मतगणना गर्न प्रष्ट लेखिएपनि लोसपाका प्रतिनीधिहरुले एउटै मतपेटिका गणना गर्न दबाब दिएपछि रोकिएको हो ।
निर्देशिकाको परिच्छे–३ को २० मा वडाको मतगणना गर्दा एउटै बुथ भएमा एउटै मतपेटिका खोल्ने तथा एकभन्दा अधिक बुथ (मतदानकेन्द्र) भएमा कम्तीमा दुई वटा मतदानकेन्द्रको मत पेटिकालाई एक साथ राखेर मतगणना गर्नुपर्ने उल्लेख छ ।
निर्देशिका डाउनलोड गर्न तल क्लीक गर्नुहोस् ।
११-स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका, २०७४.pdf
वडाको मतगणना अलग–अलग गर्ने : गाउँपालिका वा नगरपालिकाको निर्वाचनको मतगणना गर्दा प्रत्येक वडाको मतगणना अलग–अलग रूपमा गर्नु पर्नेछ । तर गाउँपालिका वा नगरपालिकाको कुनै वडामा एकभन्दा बढी मतदान केन्द्र कायम भई मतदान भएको अवस्थामा सो वडाको कम्तीमा दुईवटा मतदान केन्द्रका मतपेटिका एकै ठाउँमा मिसाई मतगणना गर्नु पर्नेछ ।– लेखिएको छ ।
यता, कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् सहायक निर्वाचन अधिकृत समेत रहेका सुबोध कुमार ठाकुरले आफू नियमभन्दा बाहिर गएर मतगणना नगर्ने प्रष्टयाएका छन् ।
उनले भने, अन्य कुनै राजनीतिक दललाई कुनै आपत्ति नभएको अवस्थामा लोसपाले बेतुका विवाद खडा गरी मतगणना प्रभावित पारेको बताए ।
मतगणनास्थलको बाहिर राजनीतिक दलका प्रतिनीधिहरुले स्थानीय कर्मचारीलाई हटाएर अर्को कर्मचारी मात्र राखेर मतगणना गर्ने आवाज उठेको सन्दर्भमा उनले बाहिर आवाज उठाउनुभन्दा भित्र प्रतिनीधिहरुले सो कुराको प्रस्ताव राख्नुपर्ने बताए ।
उनले भने, –“बाहिर बोलेर भएन, भित्र यो कुराको उठान गर्नुपर्छ । निर्वाचन अधिकृत ज्यूले त्यसको विकल्प निकाल्नुहुनेछ । अहिलेसम्म हामी कहाँ कसैले प्रस्ताव वा गुनासो गरेका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…