काठमाडौं महानगरपालिकाको मतगणना सुरु
प्रतिनिधि बिबाद हुँदा यहाँ मतगणना गर्न ढिलाइ भएको थियो।

२०७९ बैशाख ३१ शनिबार, बिहान १०:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो ।
वडा नम्बर १ र ३२ को मतगणना सुरू गरिएको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले बताए। मत गणनाका लागि बाकस खुला गरिएको छ।तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको पौडेलले जानकारी दिए।
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार रहेका छन् । प्रतिनिधि बिबाद हुँदा यहाँ मतगणना गर्न ढिलाइ भएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…