रौतहट : मतदानस्थलबाट मतपेटिका लिएर भागे स्थानीय
पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ ।

२०७९ बैशाख ३० शुक्रबार, बेलुकी ६:४९ बजे१ मिनेट पढाइ

३० वैशाख, रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।
यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् ।
अपरान्ह साढे ४ बजे झडपको क्रममा स्थानीयले मतदानस्थलबाट मतपेटिका लिएर भागेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। यद्यपि सो मतपेटिका प्रहरीले नियन्त्रणमा लिइसकेको निर्वाचन अधिकृत घनश्याम साहले बताए।
पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ । दुवै स्थानमा मतदान रद्द गरिएको भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…