मधेश प्रदेशः मतदानस्थलमै हवाई फायर
विवादले केहि बेर रोकिएको मतदान पुनः सुरु भैसकेको उनले बताए।

२०७९ बैशाख ३० शुक्रबार, बिहान ११:२५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको महोत्तरी जिल्लास्थित मतदानकेन्द्रमै हवाई फायर भएको छ ।
महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ५ स्थित महाबीर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको हो।
झडप नियन्त्रण लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ।
मतदाता नामावली सम्बन्धी बिबाद हँदा प्रहरीले स्थिति साम्य पार्न प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण प्रसाद पंगेनीले बताए।
विवादले केहि बेर रोकिएको मतदान पुनः सुरु भैसकेको उनले बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…