Breaking ! प्रहरीले काँग्रेसलाई सघाएपछि धनौजीको बुथमा मतदान स्थगित !
मतदान केन्द्रमा सामान्य विवाद हुदाँ अहिले मतदान स्थगित गरिएको छ।

२०७९ बैशाख ३० शुक्रबार, बिहान १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी नै एक पार्टीलाई मतदनमा सघाएपछि मतदान कार्य स्थगित भएको छ ।
मधेश प्रदेश स्थित धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर २ को शंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान रोकिएको हो।
स्थानीय निर्वाचनमा खटिएका कर्मचारी राम कुमार साह र असई राम लखन यादवको मिलोमतोमा नेपाली कांग्रेसको व्यक्तिलाई विशेष सहुलियत दिएर बुथ भित्र प्रवेश गर्न दिएपछि विवाद भएको हो।
मतदान केन्द्रमा खटाइएको असई राम लखन यादवले मतदातालाई विभिन्न प्रलोभन दिएर कांग्रेस पार्टी गाछी छापमा मतदान गर्न बुथ भित्रै मतदातालाई फकाई रहेको आरोप लगाउँदै मतदान केन्द्रमा विवाद भएको हो ।
असई राम लखन यादवले कांग्रेस पार्टीमा भोट हाल्न मतदाताहरूलाई फकाई रहेको स्थानीयहरूले आरोप लगाएको छ ।
मतदान केन्द्रमा सामान्य विवाद हुदाँ अहिले मतदान स्थगित गरिएको छ।
धनौजी गाउँपालिकाकाको विभिन्न प्रतिनिधिहरूले असई राम लखन यादवलाई सो मतदान केन्द्रबाट न हटाएसम्म मतदान कार्य सुचारु गर्न नदिने अडानमा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…